बैंक अफ काठमाण्डू लुम्बिनीको सिइओमा अजय श्रेष्ठलार्इ निरन्तरता, डेपुटी सिइओमा मास्के

बिजमाण्डू
२०७३ असार ३० गते ००:०० | Jul 14, 2016
बैंक अफ काठमाण्डू लुम्बिनीको सिइओमा अजय श्रेष्ठलार्इ निरन्तरता, डेपुटी सिइओमा मास्के

काठमाडौं । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अजय श्रेष्ठले निरन्तरता पाएका छन् । बैंक संचालक समितिको बैठकले उनलार्इनै निरन्तरता दिएको हो ।
 
बैंक अफ काठमाण्डू (बिओके) र लुम्बिनी बैंक गाभिएपछि श्रेष्ठलार्इनै सिइओमा संचालक समितिले निरन्तरता दिएको हो । उनी बैंक अफ काठमाण्डूको सिइओ थिए । यो दुर्इ संस्था गाभिएपछि लुम्बिनी बैंकका सिइओ शोभनदेव पन्तले राजीनामा दिइसकेका छन् । बैंकको डेपुटी सिइओमा श्रवण मास्के नियुक्त भएका छन् । उनी लुम्बिनी बैंकमा डेपुटी सिइओ थिए ।

Tata
GBIME
Nepal Life

लुम्बिनी नेपाली पुँजीबाट स्थापना भएको पहिलो निजी क्षेत्रको बैंक हो । बैंक स्थापना भएको २० बर्ष भइसकेको छ । बिओके पनि १८ बर्षको भइसकेको छ ।
बिओकेसँग लुम्बिनी १०० बराबर ८२.८१ को सेयर अनुपातमा गाभिएको हो ।

मर्जरपछि पुँजी चार अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । स्वापबाट आएको बाँकी रकम जगेडा कोषमा गएको छ । मर्जरपछि निक्षेप ६५ अर्ब र कर्जा ५३ अर्ब पुगेको छ । बैंकको सञ्चालक समितिमा बिओकेबाट पाँच र लुम्बिनीबाट चार जना सञ्चालक छन् ।