बैंकका कर्मचारीलाई सार्वजनिक विदा नदिन व्यवसायीको माग, शनिवारवाहेकको विदा कटौती गर्नु पर्ने

बिजमाण्डू
२०७३ असार ३१ गते ००:०० | Jul 15, 2016

Tata
GBIME
Nepal Life

काठमाडौं । निजी क्षेत्रको एक संगठनले बैंक तथा वित्तीय संस्थाहरुलाई शनिवार वाहेक सबै सार्वजनिक विदा दिन नहुने माग राखेको छ । ब्यवसायीले सँधै नगदको कारोबार गर्नु पर्ने भएकाले सरकारी सार्वजनिक विदा बैंकका कर्मचारीलाई दिँदा सेवामा अवरोध पुगेको भन्दै यस्तो माग राखेको हो ।
 
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले गभर्नरसँग सबै सार्वजनिक विदा नदिन माग राखेका हुन् । बिहीबार सनराइज बैंक र नारायणी नेशनलको एकिकृत कारोबार कार्यक्रममा बोल्दै उनले बर्षमा कम्तिमा ३०० दिन बैंक चल्ने ब्यवस्था गर्न माग राखेका हुन् ।
 
राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाल, डेपुटी गभर्नरहरु शिवराज श्रेष्ठ र चिन्तामणि शिवाकोटी सहभागी रहेको कार्यक्रममा उनले भने- सरकारलाई विकास चाहिएको छैन । तर हामी व्यवसायीलाई चाहिएको छ । त्यसैले हाम्रो काम सँधै बैंकसँग पर्छ । शनिवारवाहेकका सार्वजनिक विदा दिन बन्द गर्नु पर्छ ।
 
उनले सरकारले मनलाग्दी दिने सार्वजनिक विदालाई राष्ट्र बैंकले कटौती गर्दै कम्तिमा ३०० दिन बैंक चल्ने ब्यवस्था मिलाउन आग्रह गरेका हुन् ।