उदयपुरको गैडाछाप सिमेन्टको मूल्य बोरामा ५० रुपैयाँले घट्यो, निजी उद्योगले मूल्य नघटाउने

बिजमाण्डू
२०७३ असार ३१ गते ००:०० | Jul 15, 2016

काठमाडौ।उदयपुर सिमेन्टले ओपिसी सिमेन्टको मुल्य प्रति बोरा ५० रुपैयाँ घटाएको छ । कम्पनीले अधिकृत बिक्रेताका लागि मूल्य अभिवृद्धि कर र अन्त शुल्क सहित प्रति बोरा सातसय ९५ रुपैयाँ ५२ पैसामा बिक्रि वितरण गर्ने जनाएको छ।
 
उदयपुर सिमेन्टले अधिकृत विक्रेताका लागिमात्रै यो मूल्य कायम गरिएको कम्पनीका बिक्री प्रबन्धक कर्ण बहादुर खड्काले बताए । उनले बजारमा प्रतिस्पर्धा गर्न गैडा सिमेन्टको प्रवर्द्धनका लागि मूल्य घटाएको बताए । सरकारी स्वामित्वको उदयपुरले मूल्य घटाएपनि निजी सिमेन्ट उत्पादकले भने मूल्य यथावत राखेका छन् । उनीहरुले तत्कालै मूल्य नघटाउने संकेत समेत गरेका छन् ।
 
अहिले बजारमा ओपिसी सिमेन्टको मूल्य सातसयदेखि सातसय २५ रुपैयाँ प्रतिबोरा र पिपिसी सिमेन्टको ६ सय २० देखि ६ सय ३० रुपैयाँमा कारोवार भइरहेको नेपाल सिमेन्ट उत्पादन संघका अध्यक्ष ध्रुव थापाले जानकारी दिए।भारतले लगाएको नाकान्दीका बेला सिमेन्ट कम्पनीहरुले मूल्य बढाएका थिए। महँगो मूल्यमा इन्धन किन्नुपरेकोले लागत बढेपछि केही सिमेन्ट उद्योगले मूल्य बढाएका थिए ।
 
सिमेन्टको मूल्य घट्ने सम्भावना कति छ ?
शिवम् सिमेन्टका सिनियर मार्केटिङ एक्ज्युकेटिभ केशव अर्यालका अनुसार आफ्नो उद्योगले तत्कालै मूल्य घटाउने सम्भावना  छैन ।हामीले तत्कालै मूल्य घटाउने सम्भावन छैन, उनले बिजमाण्डूसँग भने, उद्योग रहेको स्थान, कच्चा पदार्थ ल्याउने स्थान हेरेर मूल्य फरक पर्छ ।

Tata
GBIME
Nepal Life

सिमेन्ट उत्पादक संघका अध्यक्ष थापाले नाकावन्दी हटेपछि सिमेन्टको मूल्य घटेको बताउँदै तत्काल मूल्य घट्ने सम्भावना नरहेको बताए । उनका अनुसार नाकाबन्दीपछि सबै कम्पनीले बोरामा ६० रुपैयाँसम्म मूल्य घटाइसकेका छन् ।