यी तीन वटा कम्पनी जसले बजारलाई थेगिरहे, हरेक दिन १० प्रतिसतले मूल्य बढ्दा थेगियो बजार

बिजमाण्डू
२०७३ साउन ३ गते ००:०० | Jul 18, 2016
यी तीन वटा कम्पनी जसले बजारलाई थेगिरहे, हरेक दिन १० प्रतिसतले मूल्य बढ्दा थेगियो बजार
काठमाडौं । सरकार विरुद्ध संसदमा अविश्वास प्रस्ताव आउँदा सेयर बजार अस्थिर भएको थियो । एकै दिन ४८ अंकसम्म बजार ओर्लिएपछि लगानीकर्ता निकै डराएका थिए । 
 
मौद्रिक नीति आउँदा बजार केही बढ्न सक्छ भन्ने अपेक्षामा बसेका लगानीकर्तालाई अस्थिर राजनीतिले सताएको थियो । निकै डराएका लगानीकर्तालाई चार वटा कम्पनीले ठूलै राहत दियो ।  
गत साता नै बजार चार वटा कम्पनीको सेयर कारोबार सुरु भयो । यी चारै मध्ये तीन वटाको सेयर मूल्य हरेक दिन आकाशियो । यसले घट्दो क्रममा लाग्न थालेको बजारलाई थेगिदिए । 
 
मर्ज प्रक्रियाका लागि लामो समय कारोबार रोकिएका माछापुच्छ्रे बैंक, जनता बैंक, सिद्धार्थ बैंकको कारोबार गत साता सुरु भएको हो । यी तीन मध्ये माछापुच्छ्रे र सिद्धार्थ बैंकको सेयर मूल्य रहेक दिन १० प्रतिसतका दरले बढ्यो । 
 
सेयर कारोबार खुलेपछि माछापुच्छ्रे बैंकको सेयर मूल्य प्रतिकित्ता २८२ रुपैयाँले बढी सकेको छ भने सिद्धार्थ बैंकको प्रतिकित्ता ३६० रुपैयाँले बढेको छ । यी दुबै बैंकको सेयर मूल्य हरेक दिन १० प्रतिसतकै हाराहारीमा बढ्यो । जनता बैंकको सेयर मूल्य केही कम दरमा बढ्यो । यो बैंकको पनि प्रतिकित्ता ११३ रुपैयाँ सेयर मूल्य बढेको छ । अन्य कम्पनीको सेयर मूल्य घट्दा यी तीन वटाको मूल्यले बैंकिङ समूहलाई थेगेर राखे । 
 
त्यस्तै १० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको जलविद्यूत लगानी तथा विकास कम्पनी (एचआईडिसिएल)को कारोबार पनि गत साताबाटै सुरु भयो । यो कम्पनीको सेयर मूल्य पनि हरेक दिन १० प्रतिसतले बढ्यो ।

Tata
GBIME
Nepal Life

१० अर्व चुक्ता पुँजी भएकोले यसको बजार हिस्सा धेरै भयो । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब १५० रुपैयाँ बढिसकेको छ । १० अर्बको चुक्ता पुँजी भएको यो कम्पनीको बजार पुँजीकरण ४७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । ठूलो कम्पनीको सेयर मूल्य थोरै बढ्दा पनि बजार घट्नबाट रोकिन्छ ।