बिमाले इतिहास रच्यो, सुचक ६१८ अंक उक्लियो, बैंकतिर तानिए लगानीकर्ता, लघुवित्तकाले गुमाए

बिजमाण्डू
२०७३ साउन ३ गते ००:०० | Jul 18, 2016
काठमाडौं‌ । मौद्रिक नीतिपछि वाणिज्य बैंकिङ सुचकमा 'बुल' आएको छ । चार घन्टामा वाणिज्य बैंकिङ सुचक ४०.७९ अंकले उक्लिएको छ । कुल ८७ करोड ३९ लाख रुपैयाँको बाणिज्य बैंकहरुको सेयर किनबेच भएको छ ।
 
बाणिज्य बैंकसँगै बिमा क्षेत्रमा आएको उच्च बृद्धिले बजारलाई एकैदिन ४०.८३ अंक माथि हुत्याएको छ । बिमा सुचकले ऐतिहासिक रेकर्ड तोडेको छ । बिमा सुचक ६१८ अंकले उक्लिएको छ ।
 
बजारमा दिनभरीमा एक अर्ब ९५ करोड ४१ लाख रुपैयाँको किनबेच भएको छ । मार्जिन लेन्डिङमा सामान्य कडाइ गरिएपनि बैंकिङ क्षेत्रको नाफा यसपाली पनि उच्च आउने देखिएकाले लगानीकर्ता हौसिएका हुन् । बिमा पनि एफपिओ जारी गर्ने लहर चलेकाले सुचकलाई माथि पुर्‍याएको हो ।
 
 अन्य सुचक ११.२७, विकास बैंक २.८३ र फाइनान्स सामान्य घटेको छ । उत्पादनमूलक तथा होटल र जलविद्युत सुचक बढेका छन् ।
 
बजारमा बढि गुमाउनेमा लघुवित्तका लगानीकर्ता छन् । स्प्रेड तोकिएको र उनीहरुको लगानीको स्रोत खोसेर फेरि बैंकलाई नै जिम्मा दिइएकाले लघुबित्तको मूल्य खुम्चिएको हो । कमाउनेमा बिमा र बैंक छन् ।

Tata
GBIME
Nepal Life