नाफाका आधारमा आधा दर्जन नयाँ बैंक विलेनियर क्लवमा छिरे, कृषि विकासको ३२० करोड रुपैयाँमाथि

बिजमाण्डू
२०७३ साउन ३ गते ००:०० | Jul 18, 2016
नाफाका आधारमा आधा दर्जन नयाँ बैंक विलेनियर क्लवमा छिरे, कृषि विकासको ३२० करोड रुपैयाँमाथि
काठमाडौं । खुद नाफाका हिसावले आधा दर्जन बाणिज्य बैंकहरु विलेनियर क्लवमा थपिने भएका छन् । बैंक स्रोतहरुका अनुसार पुराना केही बैंकको हाराहारीमा नयाँ बैंकहरुले पनि वासलातको आकार बढाएका छन् ।
 
बिलेनियर क्लबमा पहिलो पटक सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा बैंक, प्राइम, सनराइज बैंक, सिद्धार्थ बैंक पुगेका छन् । क्लवभित्र प्रभु, ग्लोबल आइएमइ, एनबी बैंक पनि छन् । लक्ष्मी बैंक क्लवभन्दा केही परै छ ।
 
प्रमुख कार्यकारी तथा अन्य उच्च कर्मचारीहरुसँग अनौपचारिक कुराकानी गर्दा कृषि विकास बैंकले ३२० करोड रुपैयाँ नाफा गरिसकेको छ । अनलाइन प्रणालीसँग आवद्ध नभएका शाखाहरुको आम्दानी यसमा समेटिएको छैन ।
 
यसअघि राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास, नबिल, हिमालयन, नेपाल इन्भेष्टमेन्ट, स्ट्यान्डर्ड चार्टर्ड,  एभरेष्ट बैंक विलेनियर क्लवमा थियो ।
 
बैंकहरुले ब्यापार बढाएको तथा केही मर्जरमा गएका कारण पनि नाफा बृद्धि भएर विलेनियर क्लवमा पुगेका हुन् ।
 
स्रोतहरुका अनुसार, सानिमा, सनराइज, सिद्धार्थको नाफा एक अर्ब छोएको छ । एनबी बैंकले १०९ करोड तथा सिटिजन्सले १०३ करोड नाफा गरेको छ । हिमालयन बैंकको नाफा १२० करोड रुपैयाँ वरीपरी छ । अन्तिम अपरिस्कृत वित्तीय विवरण तयार हुन्जेलसम्म यसमा सामान्य तलमाथि पर्न सक्छ ।

Tata
GBIME
Nepal Life