यति डिस्ट्रिलरीले ल्यायो ब्ल्याक चिम्नी, ब्ल्याक लेभलस्तरको २५ सय रुपैयाँ मूल्यको हिव्स्की

बिजमाण्डू
२०७३ साउन ३ गते ००:०० | Jul 18, 2016
यति डिस्ट्रिलरीले ल्यायो ब्ल्याक चिम्नी, ब्ल्याक लेभलस्तरको २५ सय रुपैयाँ मूल्यको हिव्स्की

काठमाडौं । यति डिस्ट्रिलरीले विदेशी हिव्स्कीसँग प्रतिस्पर्धा गर्न ओल्ड दरबार ब्ल्याक चिम्नी नेपाली बजारमा ल्याएको छ ।यतिले ओल्ड दरबार हिव्स्की उपभोक्ताले रुचाएपछि थप उच्च गुणस्तरको ब्ल्याक चिम्नी नेपाली बजारमा ल्याएको हो ।

उद्योगका अध्यक्ष रवि केसीका अनुसार विदेशी हिव्स्की प्रतिस्थापन गर्ने उदेश्यले ब्ल्याक चिम्नी नेपाली बजारमा ल्याएका हौं ।हामीले अहिले ल्याएको हिव्स्की ब्ल्याक लेभलस्तरको हो ।नेपाली उपभोक्ताले महँगो विदेशी हिव्स्की ब्ल्याक लेभलकै स्तर र स्वाद ब्ल्याक चिम्नीमा पाउनुहुनेछ, उनले बिजमाण्डूसँग भने, मूल्य ब्ल्याक लेभल भन्दा आधा सस्तो छ ।

Tata
GBIME
Nepal Life

यो हिव्स्कीमा स्कटल्याण्डको माल्ट प्रयोग भएको छ । १५ र १२ वर्ष पूरानो माल्ट प्रयोग गरिएको उनले बताए । ब्ल्याक चिम्नीको मूल्य २५ सय रुपैयाँ तोकिएको छ ।