युरोकप २०१६ भविष्यवाणी विजेतालाई हुन्डाईको पुरकार, प्रथम र दोस्रोलाई टीभी, बाँकीलाई मोबाइल

बिजमाण्डू
२०७३ साउन ३ गते ००:०० | Jul 18, 2016
युरोकप २०१६ भविष्यवाणी विजेतालाई हुन्डाईको पुरकार, प्रथम र दोस्रोलाई टीभी, बाँकीलाई मोबाइल

काठमाडौं । हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले युरोकप २०१६ का भविष्यवाणीका विजेतालाई पुरस्कृत गरेको छ ।
 
कम्पनीले सोमबार थापाथली स्थित सोरुममा पुरष्कार वितरण गरेको हो। प्रतियोगितामा भविष्यवाणी मिलाएबापत ग्राण्ड विजेता अन्तर्गत शोयोग राणा प्रथम, महेश रेग्मी दोस्रो र अभि गुप्ता तेस्रो भएका छन्।
 
कार्यक्रममा अशोक सापकोटा पृथ्वी, अनिशा बटाजु र आशिश मानन्धर टुर्नामन्ट विजेता भएका छन्। प्रथम विजेताले ४० इञ्चको सामसङ एलइडी टिभी प्राप्त गरेका छन् भने दोस्रो विजेताले ३२ इञ्चको एलइडी टिभी पाएका छन्। तेस्रो विजेताले भने सामसङ जे५ मोबाइल प्राप्त गरेको कम्पनीले जानकारी दिएको छ।
 
टुर्नामेन्ट विजेताहरुले सामसङ जे७ मोबाइल प्राप्त गरेका छन्। कम्पनीको वेबसाइट मार्फत चलाइएको यस प्रतियोगिता जेठ २४ गते देखि असार २६ गतेसम्म चलेको थियो। प्रतियोगितामा २५ हजारले सहभागिता जनाएका थिए । 

Tata
GBIME
Nepal Life