टाटाको अत्याधुनिक सुविधा भएकाे बस बजारमा, १ सय ८० हर्ष पावर भएको १२ मिटर लामाे बस

बिजमाण्डू
२०७३ साउन ४ गते ००:०० | Jul 19, 2016
टाटाको अत्याधुनिक सुविधा भएकाे बस बजारमा, १ सय ८० हर्ष पावर भएको १२ मिटर लामाे बस

काठमाडौं । टाटा मोटरको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ बस टाटा एलपीओ १६१८/६२ बजारमा ल्याएको छ ।१२ मिटर लामो यो बस क्युमिन्स ट्रर्बो र इन्टरकुलर डिजेल इन्जिनको शक्ति रहेको कम्पनीले जनाएको छ ।

१८० हर्ष पावर भएको यो गाडीमा नुमेटिक सस्पेन्सन, स्लिपर वर्थ र  ४५ रिक्लाइनिङ सिट क्षमताको छ । उच्चकार्यक्षमता र आरामदायीयात्राको ग्यारेण्टी यो गाडीले गर्छ । एन्टी ब्रेकिङ्ग सिस्टम, भोइथ हाइड्रोडाइनामिक रिटार्डर लगायतका विशेषता छन् ।

१८० हर्ष पावर र ६७५ एन.एम. टर्कको इञ्जिनले अप्ठ्यारा, पहाडी क्षेत्रमा पनि  सहज रुपले गाडीले भार बहन गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ । यसैगरी १४” डायामिटरको क्लचप्लेट, ओभर ड्राईभ मेकानिज्म रहेको जी ६०० गियर बक्स र ४१÷७ अनुपातको क्राउनको संयोजन रहेको कारण यस च्यासिसले कम इन्धनमा नै उच्च गति प्रदान गर्ने कम्पनीले जनाएको छ ।

काठमाडौ स्वयम्भु स्थित मन्जुश्री यातायात सेवा समितिले नयाँ पाँच वटा किनेको छ । मञ्जुश्रीले काठमाडौं दिल्ली र काठमाडौं बनारस बस सेवा संचालन गर्दै आएको छ ।

Tata
GBIME
Nepal Life