सवारीचालक अनुपतिपत्रको शुल्क बढ्यो, सवारी व्यवस्थालाई व्यवस्थित बनाउने दाबी

बिजमाण्डू
२०७३ साउन ४ गते ००:०० | Jul 19, 2016
काठमाडौं। यातायात व्यवस्था विभागले सवारीसाधन अनुपतिपत्रमा शुल्कवृद्धि गरेको छ। विभागले मोटरसाइकलको नयाँ लाइसेन्स र लाइसेन्सको नविकरणको मूल्य बृद्धि गरेको हो।

Tata
GBIME
Nepal Life

 
विभागले मोटरसाइकलको नयाँ लाइसेन्सका लागि १५ सय रुपैया तोकेको छ। यसअघि सात सय रुपैंया लिने गरेको थियो।
 

यातायात क्षेत्रमा हुनेगरेको विकृति र सवरी व्यवस्थालाई व्यवस्थित ढंगले अगाडि लैजानका लगि यस्तो परिवर्तन गरेको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए।
 
विभागले कार, जिप, भ्यान, पिकअप, टेम्पो, पावरटिलरजस्ता साना सवारीचालनकको अनुमतिपत्र शुल्क समेत बढाएर दुई हजार पुर्याएको छ। त्यस्तै १५ देखि २५ सिट क्षमताका सझौला सवारीसाधन चलाउनेले अनुमतिपत्रका लागि दुई हजार पाँचसय र ठूला हेभी बस, ट्रकलगायतका सवारी साधन चलाउनेका लागि भने तीनहजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरेको छ ।