टर्बो स्पिड प्रवधिको सामसुङको ‘ग्यालेक्सी जेटु २०१६’ मोडेलको मोवाइल बजारमा, मूल्य १६ हजार

बिजमाण्डू
२०७३ साउन ४ गते ००:०० | Jul 19, 2016
काठमाडौं। सामसुङले जे सिरिजको नयाँ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ। टर्बो स्पिड टेक्नोलोजी र स्मार्ट ग्लो प्रविधिसहितको 'ग्यालेक्सी जे टू २०१६' स्मार्टफोन सार्वजनिक गरेको हो। यो प्रविधि पहिलो पटक सामसुङले स्मार्टफोनमा प्रयोग गरेको कम्पनीले  दाबी गरेको छ। 
 
 

Tata
GBIME
Nepal Life

सन् २०१५ मा सार्वजनिक गरिएको 'ग्यालेक्सी जे टू' कै परिस्कृत भर्जन जे टू २०१६ ले फोरजी सपोर्ट गर्ने कम्पनीले जनाएको छ। ग्यालेक्सी जेटू २०१६ रि–ईञ्जिनियर्ड, रि–डिजाइन्ड, टर्बो स्पिड टेक्नोलोजी (टीएसटी) र स्मार्ट ग्लो लगायत नयाँ फिचर्सका साथ रिलोडेड रहेको छ।

  
सामसुङ 'ग्यालेक्सी जे टू २०१६' मा अल्ट्रा डेटिङ सेभिङ, अल्ट्रा पावर सेभिङ मोड्स, सेल्फी एसिष्ट र क्विक लञ्च एप्स लगायतका प्रविधि रहेका छन् । फोनको क्यामरा, ग्यालेरी, कण्ट्याक्ट्स लगायत सर्वाधिक प्रयोग हुने सुविधामा पनि केही परिमार्जन गरिएको कम्पनीले जनाएको छ।

 
यसमा ५ ईञ्चको एचडी सुपर एमोलेड स्क्रिन छ भने यसको मोटाइ आठ एमएम रहेको छ। कप्पनीले यो मोवाइल कालो, सिल्भर र सुनौलो गरी तीन रङमा उपलब्ध हुने जनाइएको छ। 

 
मार्समल्लोको नयाँ अपरेटिङ सिस्टम रहेको यो स्मार्टफोनमा १.५ जीएचजेड क्वाडकोर प्रोसेशर र १.५ जीबी र्‍याम हुनुका साथै १२८ जीबीसम्म मेमोरी थप्न सकिने सुविधा रहेको छ । पूरानो जे टुको तुलनामा नयाँ ३० प्रतिशत ठूलो छ र यसमा २६०० एमएएच क्षमताको ब्याट्री रहेको छ। 
 

यो मोवाइलमा रियर ८ मेगापिक्सल र फ्रन्ट ५ मेगापिक्सेलको क्यामरा रहेको छ। यसको बजार मुल्य १५ हजार ९ सय रुपैयाँ रहेको छ।