एनआईसी एशिया बैंक पनि अर्बपति क्लबमा, खुद नाफा एक अर्ब सात करोड, नाफा ३९ करोड थपियो

बिजमाण्डू
२०७३ साउन ५ गते ००:०० | Jul 20, 2016
एनआईसी एशिया बैंक पनि अर्बपति क्लबमा, खुद नाफा एक अर्ब सात करोड, नाफा ३९ करोड थपियो


काठमाडौं । एनआईसी एशिया बैंक पहिलो पटक अर्बपति क्लवमा प्रवेश गरेको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब सात करोड रुपैयाँ खुद नाफा कमाएर बाणिज्य बैंकहरुको  अर्बपति क्लवमा प्रवेश गरेको हो ।
गत वर्ष बैंकले ६८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यो वर्ष दुई वटा बाणिज्य बैंक( एनआईसी र बैंक अफ एशिया) गाभिएर बनेको एनआईसी एशियाको नाफा तुलनात्मक रुपमा कम देखिएको थियो । यस वर्ष बैंकले रेकर्ड बनायो । 
 
व्यापार बढाएरै बैंकले नाफामा उल्लेख्य बृद्धि गरेको हो । गत वर्ष बैंकले निक्षेपमा १६ अर्ब रुपैयाँ बढाएर ६९ अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै कर्जा पनि १६ अर्ब रुपैयाँ नै बृद्धि गरेको छ । निक्षेप र कर्जामा गरेको बृद्धिले आम्दानीमा सकारात्मक प्रभाव परेको हो ।
 
बैंकले खुद व्याज आम्दानी नै ४० करोड रुपैयाँ बढाएको छ । गत आर्थिक वर्षमा बैंकले व्याज आम्दानी एक अर्ब ९७ करोड रुपैयाँ पुर्यायो । त्यस्तै अन्य सञ्चालन आम्दानी ३४ करोड रुपैयाँ, ३२ करोड रुपैयाँ राइट व्याक पनि गरेको छ। विदेशी विनिमय कारोबारबाट १६ करोड रुपैयाँ कमाएको छ । 
 
 

Tata
GBIME
Nepal Life