प्रभु बैंकले ल्यायो क्रेडिट कार्डका दुई योजना, इन्स्टापे र रिवार्ड प्वाइन्टसबाट फाइदैफाइदा

बिजमाण्डू
२०७३ साउन ५ गते ००:०० | Jul 20, 2016
प्रभु बैंकले ल्यायो क्रेडिट कार्डका दुई योजना, इन्स्टापे र रिवार्ड प्वाइन्टसबाट फाइदैफाइदा

काठमाडौ । प्रभु बैंकले क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुलाई थप सुविधा सहित इन्स्टापे र रिवार्डप्वाइन्टसका नयाँ योजना ल्याएको छ ।इन्स्टापे योजना अन्तर्गत  ग्राहकहरुले आफ्नो क्रेडिट कार्डको माध्यमबाट विदेश भ्रमणको विल, कलेज तथा स्कुलको फी, अस्पतालकोे विल तिर्न र  विभिन्न इलेक्ट्रोनिक समान, गरगहना खरिद गर्न सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

ग्राहकले यो रकम बढीमा १८ महिना सम्मको मासिक किस्तामा बैंकलाइ भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार यो योजना अन्तर्गत उपयोग गरेको रकममा ब्याज लाग्ने छैन तर ग्राहकहरुले तोकिएको सेवा शुल्क भने तिर्नुपर्नेछ । यो योजनामा सहभागी हुन चाहने ग्राहकहरुले कारोवार भएको मितिले ७ दिनभित्र आफुले उपयोग गरेको रकम तिर्न चाहेको किस्ता संख्या उल्लेख गरी निवेदन दिनुपर्नेछ र उक्त निवेदनका आधारमा बैंकले मासिक किस्ता कायम गर्ने बैंकले जनाएको छ ।

Tata
GBIME
Nepal Life

  बैंकको अर्को योजना रिवार्ड प्वाइन्टस अन्तर्गत ग्राहकहरुले आफ्नो क्रेडिट कार्डको माध्यमबाट समान खरीद गरेमा प्रत्येक २०० रुपैयाँ बराबर १ प्वाइन्ट कायम हुनेछ । यसरी कायम भएको प्वाईण्ट सञ्चित हुँदै जानेछ र पाँच सय प्वाइण्ट पुगेपछि बंैकले सम्बन्धित ग्राहकको खातामा पाँच सय रुपैयाँ जम्मा गर्ने बैंकले जनाएको छ ।