प्लाष्टिक काउन्सिलमा आचार्य, नेपालमा प्लाष्टिकको झोलामा प्रतिबन्ध लाग्दा विश्वलार्इ चिन्ता

बिजमाण्डू
२०७३ साउन ५ गते ००:०० | Jul 20, 2016

काठमाडौं । काउन्सिल अफ इन्टरनेशनल प्लाष्टिक इण्डष्ट्रिजको कार्यकारी सदस्यमा भरतराज आचार्य निर्वाचित भएका छन् । आचार्य पिइटी प्रोडर्क्स तथा क्लोजर उत्पादन संघका अध्यक्ष हुन् भने नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिको सहसभापति हुन् ।

यो विश्वभरीका प्लाष्टिक उत्पादक संघहरुको छाता संस्था हो । यो संस्थामा विश्वका ५६ मुलुकमा रहेका विभिन्न प्लाष्टिकसँग  सम्वन्धित उद्योगहरुको ६३ वटा संघ सदस्य रहेका छन् । नेपालको संघले सन् २०१२मा काउन्सिल नेटवर्कको रुपमा सदस्यता पाएको थियो । आचार्यले विश्वभरीको सञ्जालमा नेपालीहरु जोडिन पाउँदा त्यसले नेपालको प्लाष्टिक उद्योगको अवस्थाका बारेमा जानकारी गराउने अवसर पाइने बताए ।

Tata
GBIME
Nepal Life

विश्वभरीका उद्योगीहरुको जमघटमा नेपाल र नेपालको लगानी अवस्थाको बारेमा जानकारी गराउने प्लेटफर्ममा सामेत हुन पाउनु गर्वकै विषय हो, उनले भने, अरु राष्ट्रले समेत नेपालमा रहेको प्लाष्टिक उद्योगको अवस्थाका बारेमा जानकारीको अवसर पाउँछन् । आचार्यले नेपालमा प्लाष्टिकको झोलामा प्रतिबन्ध लगाउने निर्णयलार्इ चिन्ताको रुपमा लिएको बताउँदै राष्ट्रिय फोहोर व्यवस्थापन रणनीति नबन्दा प्लाष्टिकलार्इ हेयको दृष्ट्रिकोणबाट हेर्ने परिपाटी रहेको बताए ।

मैले काउन्सिलमा पेपर समेत प्रिजेन्ट गरेको थिए । मैले नेपालमा प्लाष्टिकको झोलामा प्रतिबन्ध लगाइएको जानकारी समेत गराए, उनले भने, उनीहरुले नेपालमा राष्ट्रिय फोहोर व्यवस्थापन रणनीति नबनाउँदा प्लाष्टिकलार्इ फोहोरको रुपमा हेरिएको हो । यो केही विकसित देशमा समेत भएको थियो भनेर जानकारी गराए ।