एनबी र्इन्सुरेन्सको गोंगबुमा १३औं शाखा, गत वर्ष ४ करोड नाफा, कम्पनीले देशभरी शाखा विस्तार गर्ने

बिजमाण्डू
२०७३ साउन ५ गते ००:०० | Jul 20, 2016
एनबी र्इन्सुरेन्सको गोंगबुमा १३औं शाखा, गत वर्ष ४ करोड नाफा, कम्पनीले देशभरी शाखा विस्तार गर्ने


काठमाडौं । एनबी र्इन्सुरेन्सले १३औं शाखा गोंगबुमा संचालनमा ल्याएको छ । यो शाखाको संचालक समिति सदस्य योगेश्वर शर्मा ढकालले बुधवार उद्घाटन गरे ।

कम्पनीले आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा विस्तार गर्ने जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीका १३ वटा शाखा र पाँच वटा सम्पर्क कार्यालय संचालनमा रहेको जानकारी दिए ।

उनले यी सबै शाखाबाट ग्राहकलार्इ उच्च प्राथमिकतामा राखेर सेवा दिइरहेको दाबी गरे । श्रेष्ठले नयाँ लगानीकर्ता भित्रिएपछि कम्पनीको शाखा विस्तारसँगै सेवामा समेत परिस्कृत भएको दाबी गरे । उनले कम्पनीले गत आर्थिक वर्षमा करिब २६ हजार बीमालेखबाट ३५ करोड भन्दा बढी बीमा शुल्क आर्जन गरेको बताउँदै कम्पनीले करिब ४ करोड खुद नाफा आर्जन गरेको जानकारी दिए ।

Tata
GBIME
Nepal Life