आक्रामक बजार विस्तार गर्दै अरोमा, पहिलो शोरूम चावहिलमा विस्तार, एक वर्षमा १५ शाखा विस्तार गर्ने

बिजमाण्डू
२०७३ साउन ५ गते ००:०० | Jul 20, 2016
आक्रामक बजार विस्तार गर्दै अरोमा, पहिलो शोरूम चावहिलमा विस्तार, एक वर्षमा १५ शाखा विस्तार गर्ने

काठमाडौ । थाइल्याण्डको प्रसिद्ध फेशन ब्राण्ड अरोमाको अत्याधुनिक शोरुम राजधानीको चावहिलमा विस्तार भएको छ ।विगत दुईवर्षदेखि राजधानीको उत्तरढोकाबाट सञ्चालित अरोमा फेशन एण्ड टेक्नोलोजीले नेपालभर बजार विस्तार गर्ने योजनाअनुरुप चावहिलमा शोरुम खोलेको हो ।

शोरुमको उद्घाटन हिन्दु विद्यापिठका डा. चिन्तामणि योगी, समाजसेवी तथा धार्मिक माता सपना, गायक आनन्द कार्की र कम्पनीका सञ्चालक अरूणराज भट्टराईले संयुक्त रूपमा  गरे ।अरोमा कम्पनीका सञ्चालक अरूणराज भट्टराईले भने “ थाईल्याण्डमा उत्पादित विश्वप्रसिद्ध फेशन ब्राण्ड अरोमाका सामाग्रीलाई देश व्यापी बनाउने उदेश्यले हामी बजार विस्तार गर्दै लैजाने छौँ । विश्वकै उत्कृष्ट मध्येको ब्राण्डेड सामाग्री नेपालीहरूमाझ पुर्याउन पाउँदा हामी हर्षित् छौँ । ”  

सबैखाले फेशनेवल लेडिज तथा जेन्स् सामाग्री विक्री वितरण गर्दै आएको अरोमाले निकट भविष्यमै अरोमाका कस्मेटिक, इलेक्ट्रिोनिक्स् तथा अन्य खाले सामाग्री भित्र्याउने जनाएको छ । नयाँ शोरूमबाट होलसेल, रिटेल र कष्टमाईजका सबै सेवा प्रदान गर्ने बताइएको छ ।

Tata
GBIME
Nepal Life

अरोमा थाईल्याण्डमा उत्पादन हुने बहुराष्ट्रिय कम्पनी हो । यसका उत्पादन विशेषगरी युरोप र एशियामा बढि मन पराइन्छ । कम्पनीले युवा पुस्ताको फेशनेवल तथा ब्राण्डेड सामाग्री प्रतिको आकर्षण पुरा गर्नका लागि यहि वर्षभित्रै नेपालका विभिन्न १५ स्थानमा शो–रूम विस्तार गर्ने लक्ष्य लिएको छ । एकहप्ताभित्रै अर्को शोरुम ललितपुरमा विस्तार गरिने कम्पनीले जनाएको छ । कम्पनीले शोरूम सञ्चालनको उपलक्ष्यमा हरेक किसिमको सामाग्री खरिदमा ३० प्रतिशत छुटको घोषणा गरेको छ ।