सेयर कारोबारमा ब्रोकरले लिने कमिशन घट्यो, अधिकतम ०.६०% कमिशन, नेप्सेको आम्दानी घट्ने

बिजमाण्डू
२०७३ साउन ५ गते ००:०० | Jul 20, 2016
काठमाडौं । सेयर कारोबारमा ब्रोकरका लागि तिर्नुपर्ने शुल्क घटेको छ । नेपाल धितोपत्र बोर्डले गरेको प्रस्तावमा केही थपेर अर्थमन्त्रालयले कमिशन कटौति गर्ने निर्णय गरेको हो। धितोपत्र व्यवसायी नियमावली संशोधन गरेर कमिशन कटौंति गरिएको हो । 
 
अब लगानीकर्ताले अधिकतम ०.६० प्रातिसतका दरले ब्रोकर कमिशन तिर्नुपर्छ । ५० हजार रुपैयाँसम्म सेयर कारोबार गर्ने लगानीकर्ताले ०.६० प्रतिसतका दरले कमिशन तिर्नुपर्छ । त्यस्तै  ५० हजार भन्दा माथि पाँच लाखसम्मको कारोबार गर्नेले ०.५५ प्रतिसत, पाँच देखि २० लाखसम्मको कारोबार गर्नेले ०.५० प्रतिसत, २० लाख देखि एक करोड रुपैयाँसम्म कारोबार गर्नेले ०.४५ प्रतिसत र एक करोड रुपैयाँ भन्दा माथिको कारोबार गर्नेले ०.४० प्रतिसतका दरले कमिशन तिर्नु पर्ने छ । 
स्टक एक्सचेन्जले यो नयाँ कमिशन दर लागु गर्नेछ । स्टकलाई यथासिघ्र लागु गर्न बोर्डले निर्देशन दिएको छ । नयाँ व्यवस्थामा साना लगानीकर्तालाई बढी र ठूला लगानीकर्तालाई कम दरमा कमिशन लाग्ने भएको छ । सानाले ०.६० प्रतिसत र ठूलाले ०.४० प्रतिसत कमिशन तिर्नुपर्छ । 
 
नयाँ कमिशन दर अनुसार औसतमा ब्रोकरको कमिशन ४० प्रतिसतसम्म घट्न सक्छ । सेयर कारोबार रकम निकै उच्च भएकोले ब्रोकर कम्पनीहरुलाई खास असर नपर्ने विश्लेषण बोर्डको छ ।
 
ब्रोकर कमिशनसँगै नेपाल स्टक एक्सचेन्जकोे आम्दानी पनि घट्ने छ । नयाँ व्यवस्था अनुसार नेप्सेले कुल ब्रोकर कमिशनको २० प्रतिसत पाउँछ । यस अघि २५ प्रतिसत पाउने व्यवस्था थियो । 
 
ब्रोकरकै कमशिन घट्ने भएपछि नेप्सेको आम्दानीमा असर देखिने भएको हो । नयाँ प्रावधान अनुसार नेप्सेले पाउने कमिशनमा करिब ५० प्रतिसतसम्म घट्न सक्छ । नेप्से सरकारी स्वामित्वको कम्पनी हो । 
धितोपत्र बोर्डलाई ब्रोकरले ०.६ प्रतिसतका दरले शुल्क बुझाउनु पर्ने नयाँ व्यवस्था गरिएको छ । यस अघि बोर्डलाई शुल्क तिर्नु पर्दैनथ्यो । 
 
कति तिर्नुपर्छ लगानीकर्ताले कमिशनः
 

यस अघि यस्तो थियो शुल्क:

Tata
GBIME
Nepal Life