नेपाल एसबिआई बैंकले नन्दीरात्री माविलाई सहयोग गर्यो, छात्रबृतिका लागि ३ लाख ३० हजार सहयोग

बिजमाण्डू
२०७३ साउन ५ गते ००:०० | Jul 20, 2016
नेपाल एसबिआई बैंकले नन्दीरात्री माविलाई सहयोग गर्यो, छात्रबृतिका लागि ३ लाख ३० हजार सहयोग
काठमाडौं। नेपाल एसविआई बैंकले नन्दीरात्री माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई तीन लाख ३० हजार रुपैयाँ बरावरको सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नन्दी माध्यमिक विद्यालयका २०७१ र २०७२ सालको एसएलसी परिक्षामा उत्कृष्ट स्थान प्राप्त गर्ने ३०  जना विद्यार्थीहरुलाई छात्रवृतिमा सहयोग गरेको हो।

Tata
GBIME
Nepal Life


 
बैंकले उच्च शिक्षा हासिल गर्न सहयोग पुर्याउने उदेश्यले छात्रबृत्ति प्रदान गरेको जनाएको छ। एसविआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नन्दी माध्यमिक विद्यालयका एसएलसी उतिर्ण उत्कृष्ट विद्यार्थीहरुलाई विगत सात वर्षदेखि लगातार छात्रबृत्ति प्रदान गर्दै आएको जनाएको छ। बैंकको सहयोगले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई केही हदसम्म हौसला मिल्ने जनाएको छ।
 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत छात्रबृत्ति र अन्य गरी झन्डै  ३ लाख ३० हजार बराबरको सहयोग पदान गरेको जनाएको छ। विद्यालयमा आयोजित एक कार्यक्रममा कार्यक्रमका विच नेपाल एसबिआई बैंकका प्रमुख संचालन अधिकृत (डेजिग्नेट) शुभकान्त कनुङ्गो तथा प्रमुख वित्तिय अधिकृत प्रिय रंजनद्धारा उत्कृष्ट ३० विद्यार्थीहरुलाई छात्रबृत्तिको रकम स्वरुप जनही ११ हजार रुपैयाँको छात्रबृत्ति चेक हस्तान्तरण गरेका हुन्।

नेपाल एसबिआई बैंकले देशभर रहेका आफ्ना ७३ कार्यालय र ८६ एटिएमहरु मार्फत समुदायको उन्नति तथा विकासको लागि योगदान पुर्याउँदै आएको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट बैंकका प्रमुख जोखिम अधिकृत छपी राज पन्त, प्रमुख कर्जा अधिकृत देव राज अधिकारी, क्षेत्रीय कार्यलय, काठमाडौंका क्षेत्रीय प्रबन्धक सुदिप खनाल, कम्पनी सचिव रमेश घिमिरे, प्रमुख व्यवसाय प्रवद्धन विभाग सुशील कुमार शर्मा तथा वैकका अन्य कर्मचारीहरु उपस्थिति थिए।