पुनर्बीमा कम्पनीले कमायो पहिलो वर्षमै ३० करोड नाफा, चार करोड ११ लाख रुपैयाँ दावी भुक्तानी

बिजमाण्डू
२०७३ साउन ६ गते ००:०० | Jul 21, 2016
काठमाडौं । पहिलो वर्ष नै नेपाल पुनर्बीमा कम्पनीले ३० करोड रुपैयाँ नाफा कमाएको छ । यो कम्पनीले अघिल्लो वर्ष देखि कारोबार सुरु गरेको हो । ससस्त्र द्वन्दको समयमा बनाएको आकस्मिक बीमा कोषलाई सरकारले पुनर्बीमा कम्पनी बनाएको हो । 
पुनर्बीमा कम्पनीले गत असार मसान्तसम्म ३० करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको उल्लेख छ । गत त्रैमासिक अवधिसम्म कम्पनीले १९ करोड रुपैयाँ नाफा गरेको थियो । यो कम्पनीमा सरकार र बीमा कम्पनीहरुको लगानी छ ।
 
यो वर्ष कम्पनीले चार करोड ११ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । त्यस्तै ११ करोड ५५ लाख दावी भुक्तानी गर्न बाँकी छ । गत आर्थिक वर्षमा कम्पनीले ४८ करोड ६२ लाख रुपैयाँ पुनर्बीमा शुल्क आर्जन गरेको छ । पुनर्बीमा कमिशन आय ४१ करोड रुपैयाँ छ । त्यस्तै कम्पनीले लगानी, कर्जा तथा अन्यबाट दुई करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
 

Tata
GBIME
Nepal Life