अनलाईनबाटै किनबेच हुन्छन सेकेण्ड हेण्ड सवारीसाधन, गतवर्ष १० हजार सवारी अनलाईन मार्फत किनबेच

बिजमाण्डू
२०७३ साउन ६ गते ००:०० | Jul 21, 2016
अनलाईनबाटै किनबेच हुन्छन सेकेण्ड हेण्ड सवारीसाधन, गतवर्ष १० हजार सवारी अनलाईन मार्फत किनबेच
  • अमर बडुवाल/बिजमाण्डू

काठमाडौं । पूरानो सवारी साधन बिक्री र किन्न परेमा तपार्इ रिकण्डिशन सेन्टर धाइरहनुपर्दैन् । सूचना प्रविधिको प्रयोगसँगै मोबाइलबाटै सवारी साधन किन्न र बिक्री गर्न सकिन्छ ।

नेपालमा अहिले ८ वटा यस्ता अनलार्इन प्लेसमेन्ट कम्पनी छन् जसले मोबाइलबाटै सवारी साधन किन्ने र बिक्री गर्न सहज पारिरहेका छन् ।हाम्रो बजार डट कम का प्रबन्धक प्रवल सा:ख भन्छन, अनलाईन किनबेचले सेवा ग्राहीलाई सजिलो बनाएको छ । तपाईं आफ्नो सवारी साधन चलाउदा चलाउदै बेच्न सक्नु हुन्छ । कुनै ग्यारेजमा लगेर महिनौ राख्नु पर्दैन ।

आज बेच्नुस र आजै अर्को किन्नुस, पर्खिरहन पनि परेन । यी कम्पनीका अनुसार गत वर्ष १० हजार सवारी साधन अनलार्इनमार्फत खरीद बिक्री भएका छन् । हाम्रो बजार डटकमले मात्रै गत वर्ष सात हजार सवारी साधन खरीद/बिक्री गरेको दाबी छ ।

Tata
GBIME
Nepal Life

शहरको ब्यस्त जीवनमा सबै ठाउँमा बुझ्नको लागि जान  समयनै छैन । अनलाईनमा जानुस सबै जसो ठाउँमा पाईने सेवा सुविधाको बारेमा एकै छिनमा थाहा पाउनु सकिन्छ। हाम्रो बजार मात्र नभएर धेरै अनलाईन पसल छन जजसले बाईक कार देखि अन्य धेरै सवारी साधनको किनबेच गर्छन ।

अनलाईनमा सवारी साधनको सबै विवरणहरु राखिन्छ । ग्राहकलाई मन पर्यो भने किनबेच हुन्छ । यसरी एउटै अनलाईनमा हजारौ कार, वाईक र अन्य गाडीहरु पाईन्छन् । यसरी पाईने वाईक सामान्यतया ५० हजार मुल्य भन्दा बढीका हुन्छन भने कारहरु ३ लाख मुल्य भन्दा बढीका हुने नेपाल ह्विल्स डट कमका प्रवन्धक पशुपतिराज भण्डारीले बताए ।

यी हुन नेपालमा सवारी साधन किन बेच गर्ने अनलाईनहरु
www.hamrobazaar.com
www.haatemaalo.com
www.nepalwheels.com
www.yachha.com
www.bikemartnepal.com
www.ramromotors.com.np