प्राइम कमर्सियल बैंकलाई ३:१ का दरले हकप्रद निष्कासन गर्न अनुमति, पुँजी चार अर्ब ९४ करोड पुग्ने

बिजमाण्डू
२०७३ साउन ६ गते ००:०० | Jul 21, 2016
प्राइम कमर्सियल बैंकलाई ३:१ का दरले हकप्रद निष्कासन गर्न अनुमति, पुँजी चार अर्ब ९४ करोड पुग्ने
काठमाडौं । प्राइम कमर्सियल बैंकलाई हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बैंकले प्रस्ताव गरे अनुसार तीन बराबर एक (३ः१)का दरले हकप्रद निष्कासन अनुमति दिइएको हो ।
 
बैंकको हाल चुक्तापुँजी तीन अर्ब ७० करोड रुपैयाँ छ । हकप्रद जारी गरेपछि यस्तो चुक्तापुँजी चार अर्ब ९४ करोड रुपैयाँ पुग्छ । बैंको आठौं साधारण सभाले हकप्रद जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । बैंकले केही समयमै हकप्रद जारी गर्ने छ । 
नेपाल राष्ट्र बैंकले २०७४ साल असार मसान्त सम्म बाणिज्य बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ बनाउनु पर्ने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार बैंक तथा वित्तीय सस्थाहरु अहिले धमाधम पुँजी बृद्धिको अभियानमा छन् । 
 
प्राइम बैंकले पुँजी बृद्धिका लागि विराटलक्ष्मी विकास बैंक लिमिटेड र कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेड खरिद गर्न सझौता गरिसकेको छ । 
 

Tata
GBIME
Nepal Life