सिटिजन्स बैंक पनि अर्बपति क्लवमा प्रवेश, गत वर्ष कमायो एक अर्ब नौ करोड रुपैयाँ खुद नाफा

बिजमाण्डू
२०७३ साउन ७ गते ००:०० | Jul 22, 2016
सिटिजन्स बैंक पनि अर्बपति क्लवमा प्रवेश, गत वर्ष कमायो एक अर्ब नौ करोड रुपैयाँ खुद नाफा
काठमाडौं । सिटिजन्स बैंक पनि अर्ब पति क्लवमा प्रवेश गरेको छ । यो बैंकले आर्थिक वर्ष २०७२/७३ मा एक अर्ब आठ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 
 
बैंकले एक वर्षमा खुद नाफा करिब ३७ करोड रुपैयाँ बढाएको हो । अघिल्लो वर्ष बैंकको खुद नाफा ७२ करोड तीन लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
 
बैंकले कर्जा लगानी तथा निक्षेप संकलनमा निकै बृद्धि गरेको छ । एक वर्षमा निक्षेप करिब १२ अर्ब र कर्जा करिब ११ अर्ब रुपैयाँ बढाएको हो । यो बृद्धिले पनि बैंकको नाफामा योगदान दिएको हो । बैंकमा गत असार मसान्तसम्म ५५ अर्ब ९९ लाख रुपैयाँ निक्षेप जम्मा भएको छ । त्यस्तै कर्जा लगानी ४० अर्ब ५६ लाख रुपैयाँ छ । 
 
बैंकले खुद व्याज आम्दानी ३५ करोड रुपैयाँ बढाएको छ । व्याज आम्दानीमा गरेको बृद्धिले नाफा एक अर्ब भन्दा माथि पुर्याउन बैंकलाई सजिलो भएको हो । २९ करोड रुपैयाँ अन्य सञ्चालन नाफाबाट प्राप्त भएको छ भने विदेशी विनिमय कारोबार बाट बैंकले १४ करोड रुपैयाँ कमाएको छ । 
 
बैंकको नाफामा राइटव्याकले पनि ठूलो योगदान दियो। बैंकले यो वर्ष ४३ करोड रुपैयाँ राइटव्याक गरेको छ । त्यस्तै गैरसञ्चालन आम्दानी १४ करोड रुपैयाँ छ । बैंकले ३२ करोड रुपैयाँ संभावित नोक्सानीका लागि प्रोभिजन पनि गरेको छ । 

Tata
GBIME
Nepal Life