होन्डा एक्टिभा भारतमा सर्वाधिक विक्रि हुने सवारी, १७ बर्ष सम्मको स्प्लेन्डरको रेकर्ड तोडियो

बिजमाण्डू
२०७३ साउन ७ गते ००:०० | Jul 22, 2016
होन्डा एक्टिभा भारतमा सर्वाधिक विक्रि हुने सवारी, १७ बर्ष सम्मको स्प्लेन्डरको रेकर्ड तोडियो
काठमाडौं। होन्डाको एक्टिभा स्कुटर भारतमा सवैभन्दा धेरै विक्रि हुने द्इपाङ्ग्रे सवारीसाधनमा परेको छ। लगातार १७ बर्षसम्म भारतमा एकछत्र रुपमा बजारको हिस्सा ओगट्न सफल हिरो स्प्लेन्डरलाई उछिन्दै एक्टिभा सर्वाधिक धेरै विक्रि हुने सवारीसाधन भएको छ।
 

Tata
GBIME
Nepal Life

सन् २०१६ को पहिलो ६ महिनाको बिक्रीका आधारमा यो तथ्याङ्क सार्वजनिक भएको हो। भारतमा विक्रि भएको तथ्याङ्कका आधारमा यस्तो तथ्य सार्वजनिक भएको हो। 
 

भारतीय अटो निर्माता कम्पनीहरुको संस्था सियामको भनाइलाई उद्धृत गर्दै होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया लिमिटेड (एचएमएसआई) ले समेत यसको पुष्टी गरेको छ ।

गत जनवरीदेखि जुनसम्मको समयमा एक्टिभा सिरिजका १३ लाख ३८ हजार १५ स्कुटर बिक्री भएका थिए। सोही समयमा हिरो स्प्लेन्डर १२ लाख ३३ हजार ७ सय २५ वटा बिक्री भएको तथ्याङ्क रहेको छ।
 
दुई पांग्रे सवारीको क्षेत्रमा विगत १७ सालको एकाधिकारलाई समाप्त गरेर होन्डा एक्टिभा पहिलो नम्बरमा उक्लेको एचएमएसआईले जनाएको छ।
 
होन्डाका एक्टिभा ३ जी, एक्टिभा १२५ तथा एक्टिभा आई गरी तीन मोडल छन् । त्यसैगरी स्प्लेन्डरका सिरिजमा सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, स्प्लेन्डर पीआरओ, स्प्लेन्डर पीआरओ क्लासिक र स्प्लेन्डर आईस्मार्ट छन् ।