विधेयक फेल हुँदा के हुन्छ? कोइराला भन्छन्, फरक पर्दैन, खनालले भने, राजस्व फिर्ता दिनुपर्छ

बिजमाण्डू
२०७३ साउन ७ गते ००:०० | Jul 22, 2016
विधेयक फेल हुँदा के हुन्छ? कोइराला भन्छन्, फरक पर्दैन, खनालले भने, राजस्व फिर्ता दिनुपर्छ


काठमाडौं । सरकारको बजेटसँग सम्बन्धित तीन वटा विधेयक संसदमा फेल हुने भएको छ। माओवादी केन्द्रले सत्ता छाडेर बाहिरिएपछि सरकार विपक्षमा बहुमत सभासद् भएपछि बजेटमा आश्रित तीन वटा विधेयक फेल हुने भएको हो। यो घट्ना नेपालका लागि पहिलो हो।

आश्रित विधेयक फेल हुँदा के हुन्छ? सरकारका पुर्वमुख्य सचिव डा. विमल कोइराला भन्छन्, ‘बजेट नै फेल हुने होइन, आश्रित विधेयक मात्रै फेल हुने हो। नयाँ सरकारले पछि पास गर्दा हुन्छ।’

Tata
GBIME
Nepal Life

सरकारको नीति तथा कार्यक्रम संसदले पारित गरिसकेको छ। यसैमा आधारित विनियोजन विधेयक पनि पारित भइसकेको छ। यी दुई प्रमुख पक्ष पारित भइसकेकोले बजेट फेल भएको भन्न नमिल्ने अर्थसचिव समेत रहेका डा. कोइरालाले भने।

संसदले असार २५ गते विनियोजन विधेयक पारित गरेको थियो। यो बजेटको प्रमुख अंग हो। बजेटसँग आश्रित तीन वटा विधेयक आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत एक्काइसौँ संशोधन विधेयक २०७३ पास हुन बाँकी नै छ। यी विधेयक संसदबाट पारित हुनै पर्छ।

विधयेक पारित नभइ सरकारले ऋण उठाउने, राजस्व उठाउने, जमानत बस्ने काम गर्न सक्दैन, पुर्वमुख्य सचिव डा कोइरालाले भने, आगामी भदौसम्म यी विधेयक पारित गर्दा हुन्छ।

नेपालका लागि यो घट्ना नयाँ भएको कारण यस अघिको नजिर हेर्ने अवस्था समेत छैन।

तर पूर्व अर्थसचिव रामेश्वर खनालले भने आर्थिक विधेयक फेल भए साउन १ गतेबाट उठाएको कर फिर्ता गर्नुपर्ने बताए। यदी आर्थिक विधेयक फेल हुन्छ भने साउन १ गतेदेखि अहिलेसम्म उठाएको राजस्व फिर्ता दिनुपर्छ, खनालले ट्विट गरेका छन्।