धितोपत्रको ओटिसी कारोबारमा लाग्ने शुल्क ९०% सम्म घट्यो, शुल्क घटेपछि कारोबार बढ्ने विश्वास

बिजमाण्डू
२०७३ साउन ७ गते ००:०० | Jul 22, 2016
धितोपत्रको ओटिसी कारोबारमा लाग्ने शुल्क ९०% सम्म घट्यो, शुल्क घटेपछि कारोबार बढ्ने विश्वास


काठमाडौं । नेपाल धितोपत्र बोर्डले ओभर द काउन्टर (ओटिसी) कारोबारमा लाग्ने शुल्कमा ९० प्रतिसत सम्म कटौती गरेको छ । बोर्डले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो शुल्क कटौति भएको जानकारी दिएको हो । 
 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुल्क कटौतिको प्रस्ताव धितोपत्र बोर्डमा पेश गरेको थियो । नेप्सेले प्रस्ताव गरे अनुसार नै बोर्डले शुल्क कटौति गर्न स्वीकृति दिएको हो । 
 
नयाँ व्यवस्था अनुसार २५ हजार रुपैयाँसम्मको कारोबारमा नेप्सेलाई ०.२० प्रतिसत मात्रै बुझाउनु पर्नेछ । यस अघि यस्तो शुल्क दुई प्रतिसत लाग्ने गरेको थियो । यसमा कुल ९० प्रतिसत शुल्क घटेको हो । 
 
त्यस्तै २५ हजार एक रुपैयाँ देखि ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.१८ प्रतिसत शुल्क लाग्नेछ । यो कारोबारमा ८८ प्रतिसत शुल्क घटाइएको हो । त्यस्तै ५० हजार एक देखि माथिको कारोबारमा ०.१५ प्रतिसत शुल्क लाग्ने छ । यो कारोबारमा ८५ प्रतिसत शुल्क घटाइएको जानकारी पनि बोर्डले दिएको छ । 
 
सरोकारवाला निकाय तथा सस्थाहरुसँगको छलफल पछि शुल्क कटौति गरिएको हो ।  ओटिसी बजारमा धितोपत्रको कारोबार हुन नसकेपछि लगानीकर्तालाई कारोबारमा आकर्षित गर्न शुल्क कटौति गरिएको हो । 
 
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका तर धितोपत्र बजारमा सूचिकरण नभएका पब्लिक लिमिटेडका लगानीकर्तालाई यस्तो प्लेट फर्म उपलब्ध गराउन खोजिएको हो । 

Tata
GBIME
Nepal Life

कति घट्यो ओटिसि कारोबार शुल्क?