टोयोटाका जेन्युयन पार्टसको आउटलेट नयाँ बजारमा, गुणस्तरमा संझौता नगर्ने कम्पनीको प्रतिवद्धता

बिजमाण्डू
२०७३ साउन ८ गते ००:०० | Jul 23, 2016
टोयोटाका जेन्युयन पार्टसको आउटलेट नयाँ बजारमा, गुणस्तरमा संझौता नगर्ने कम्पनीको प्रतिवद्धता


काठमाडौं । टोयोटाको नेपालको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नयाँ बजारमा अटो पार्टसको आधिकारिक आउटलेट स्थापना गरेको छ । यो वैद्यज् अर्गनाइजेनस अन्तर्गतको कम्पनी हो । 
 
यो आउटलेटमा टोयोटा गाडीका लागि आवश्यक पर्ने सम्पूर्ण पार्टस उपलब्ध हुने जानकारी कम्पनीले दिएको छ। नेपालमा यो समूहले ४९ वर्ष देखि टोयोटाका गाडी नेपालमा विक्री वितरण गर्दै आएको छ ।
युनाइटेड ट्रेडर्स सिन्डिकेटका सिनियर डाइरेक्टर कैलाश राजभण्डारीले आउटलेट उद्घाटन गरे । उद्घाटन कार्यक्रममा उनले सामानको गुणस्तरमा संझौता नगर्ने बताए । बजारमा चोरी आयातका पार्ट्सको विगविगी रहेकोले उपभोक्ता गठिएको पनि बताए । 
 
टोयोटाको यो दोस्रो आधिकारिक पार्टस सेन्टर हो । कम्पनीले राजधानीको तीनकुनेबाट जेन्युयन पार्टस विक्री गर्दै आएको छ । 
 
युनाइटेड ट्रेडर्स सिन्डिकेटले दिएको जानकारी अनुसार नेपालमा टोयोटाका ३५ हजारको हाराहारीमा गाडीहरु छन् । यी मध्ये केही गाडी काम नलाग्ने भएपनि १९८० देखिका अधिकांस मोडल चालु अवस्थामा रहेको जानकारी कम्पनीले जनाएको छ । 

Tata
GBIME
Nepal Life