नेशनल माइक्रोफाइनान्सको १६ गतेबाट साधारण सेयर निस्कासन, तीन करोडको सेयर सर्वसाधारणमा

बिजमाण्डू
२०७३ साउन ९ गते ००:०० | Jul 24, 2016
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साउन १६ गतेबाट साधारण सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका तीन लाख कित्ता सेयर निस्कासन गर्न लागेको हो ।
 
बैंकले जारी गर्ने कुल सेयरमध्ये १२ हजार कित्ता आफ्ना कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोष कम्पनीहरुलाई छुट्याइएको छ । नेशनल राष्ट्रियस्तरको लघुवित्त विकास बैंक हो ।
 
कम्पनीको सेयरमा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । धादिङमा केन्द्रिय कार्यालय रहेको कम्पनीको  ३ करोड रुपैयाँको सेयर निस्कासन गरेपछि पुँजी १० करोड रुपैयाँ पुग्ने छ ।
 
कम्पनीको सेयरको निस्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट्स छ ।

Tata
GBIME
Nepal Life