सिनर्जी पावरको ७ लाख कित्ता साउन १६ बाट प्रभावितलाई, एनबी इन्स्योरेन्सको हकप्रद २३ गतेबाट

बिजमाण्डू
२०७३ साउन ९ गते ००:०० | Jul 24, 2016

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि साउन १६ गतेबाट साधारण सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित दोलखाको गौरिशंकर, खारे, लामावगर, वराङ्ग, वुलुङ्ग र लादुक गाविसवाशीका लागि सेयर निस्कासन गर्न लागेको हो ।
 
प्रभावित गाविसवाशीले सात लाख कित्ता सेयरका लागि आवेदन दिन सक्छन् । सेयरका लागि कम्तिमा ५० कित्ता र वढिमा ५ हजार कित्ताका लागि आवेदन दिन पाइने व्यवस्था छ ।
 
१०० रुपैयाँ अंकित दरका सेयर वाँडफाँड भएको तीन बर्षसम्म विक्री गर्न पाइने छैन । कम्पनीले सिप्रिङ खोलाबाट १० मेगावाट विद्युत उत्पादन गर्ने अनुमति पाएको छ ।
 
कम्पनीको सेयरको निस्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट छ । सेयरका लागि दोलखाको सिंगटीस्थित अरनिको डेभलपमेन्ट बैंक र सिप्रिङ खोला लजविद्युत केन्द्र जगतमा आवेदन दिन सकिन्छ ।
 
यसैगरी एनबि इन्स्योरेन्स कम्पनीले साउन २३ गतेबाट हकप्रद सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता हकप्रद सेयर निस्कासन गर्न लागेको हो ।
 
कम्पनीले १० कित्ता सेयर हुनेलाई ८ कित्ता सेयर वितरण गर्ने छ । कम्पनीको सेयर निस्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल छ ।

Tata
GBIME
Nepal Life