सार्वजनिक सवारीमा ठगिनुभयो? ९८५१२९५१०० मा एसएमएस गर्नुस्, ठग्ने सवारी साधनलार्इ कारवाही हुने

बिजमाण्डू
२०७३ साउन ९ गते ००:०० | Jul 24, 2016
काठमाडौं  । सार्वजनिक सवारी साधनमा आफू ठगिएको वा दुर्व्यवहार भएको महसुस भएमा एसएमएसमार्फत उजुरी गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

सार्वजनिक सवारी साधनमा यात्रा गर्दा तोकिएको भन्दा बढी भाडा मागेमा, नियमानुसार पाउने छुट सुविधा नदिएमा, अनाश्यक हैरानी एवं दुर्व्यवहार भोग्नु परेमा, ट्याक्सीहरु मिटरमा जान नमानेमा ९८५१२९५१०० नम्बरमा एसएमएस गर्न सकिन्छ।

 

Tata
GBIME
Nepal Life

पैदलयात्रु सुरक्षा अभियान 

पैदलयात्रुको सुरक्षाका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि जेब्रा क्रसिङ प्रयोग प्रवर्द्धनलाई अभियानकै रुपमा सञ्चालन गरेको छ। साथै प्रहरीले तोकिएको बस पकेटमा मात्र सवारी साधन रोकी यात्रु चढाउने र ओराल्ने नियमको कार्यान्वयन गर्न समेत आग्रह गरेको छ।


यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परी १६६ जनाको मृत्यु भएको छ। दुर्घटनामध्ये ४० प्रतिशत मृत्यु पैदलयात्रुको भएको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ।

 

काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटनामा बर्सेनी औसत १५० जनाको ज्यान जाने गरेको छ। यसमा सबैभन्दा जोखिममा पैदल यात्रु नै हुने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

 

पर्याप्त सडक संरचनाको अभावले सडकमा हिँड्ने अनुकूल वातावरण नहुनु र भएका संरचनाहरुको पनि उचित प्रयोग नहुँदा दुर्घटना हुने गरेका छन्। पैदलयात्रुले सडक तथा सडकपेटीमा पैदल हिँड्दा र सडक पार गर्दा सावधानी नअपनाउने र सवारी चालकहरुले पनि पैदलयात्रुलाई सडकमा प्राथमिकता नदिने सडक संस्कृति नै पैदलयात्रु सवारी दुर्घटनामा बढी पर्नुको मुख्य कारण रहेको प्रहरीले निष्कर्ष निकालेको छ।