सगरमाथा फाइनान्सले २९ लाख ५४ हजार ३९० कित्ता हकप्रद निस्कासन गर्दै, नाफा २१ करोड ८४ लाख

बिजमाण्डू
२०७३ साउन ९ गते ००:०० | Jul 24, 2016
काठमाडौं । सगरमाथा फाइनान्सले १० सेयर हुनेलाई आठका दरले हकप्रद सेयर दिने भएको छ । सेयर निस्कासनका लागि कम्पनीले एनआइबिएल क्यापिटललाई निस्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
 
कम्पनीले २९ लाख ५४ हजार ३९० कित्ता सेयर निस्कासन गर्न लागेको हो । निस्कासन सम्बन्धि सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी मनवहादुर राई र एनआइबिएलका महाप्रबन्धक मेखवहादुर थापाले हस्ताक्षर गरेका छन् ।
 
फाइनान्सले गत असार मसान्तसम्म २१ करोड ८४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । कम्पनीले तीन अर्ब १० करोड निक्षेप र दुई अर्ब ६० करोड कर्जा लगानी गरेको छ ।

Tata
GBIME
Nepal Life