भूकम्प र नाकाबन्दीले स्वदेशी र विदेशी लगानीका उद्योग दर्ता घटे, ५२ अर्बको विदेशी लगानी खुम्चियो

बिजमाण्डू
२०७३ साउन १० गते ००:०० | Jul 25, 2016
भूकम्प र नाकाबन्दीले स्वदेशी र विदेशी लगानीका उद्योग दर्ता घटे, ५२ अर्बको विदेशी लगानी खुम्चियो
  • अमर बडुवाल/बिजमाण्डू

काठमाडौं । भारतको अघोषित नाकाबन्दी र भूकम्पका कारण गत वर्ष स्वदेशी र विदेशी लगानीका उद्योग कम दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष स्वदेशी र विदेशी लगानीका उद्योग क्रमश ३१ र ८८ वटा कम उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।

Tata
GBIME
Nepal Life

 गत वर्ष विदेशी लगानीका ३ सय ३९ उद्योग दर्ता भएका छन् जबकी अघिल्लो वर्ष ३ सय ७० उद्योग दर्ता भएका थिए । स्वदेशी लगानीका उद्योग गत वर्ष ४ सय १० वटामा मात्रै दर्ता भएका छन् जबकी अघिल्लो वर्ष ४ सय ९८ वटा स्वदेशी उद्योग दर्ता भएका थिए । स्वदेशी र विदेशी लगानीका उद्योग दर्ता कम भएपछि लगानीको प्रतिवद्धता समेत कम भएको छ ।

गत वर्ष ६८ अर्ब रुपैयाँ बराबरको विदेशी र १ खर्ब ३९ अर्ब बराबरको स्वदेशी लगानी भित्रिएकोमा यो वर्ष १६ अर्ब रुपैया बराबरको विदेशी तथा १ खर्ब २२ अर्ब रुपैयाँ बराबरको स्वदेशी लगानी भित्रिएको विभागले जनाएको छ ।  
 
स्वदेशी उद्योग दर्ता भएका संख्या

आर्थिक वर्ष साना (३ करोड सम्म) मझौला (३ करोड देखि १ अर्ब सम्म) ठूला (१ अर्ब भन्दा माथी) लगानी
२०७१/७२ २९४ ७९ ९३ १ खर्ब ३९ अर्ब
२०७२/७३ २६१ ७२ ७७ १ खर्ब २२ अर्ब

 

विदेशी लगानीका उद्योग दर्ता भएका संख्या

आर्थिक वर्ष साना (३ करोड सम्म) मझौला (३ करोड देखि १ अर्ब सम्म) ठूला (१ अर्ब भन्दा माथी) लगानी
२०७१/७२ ३१८ ३८ १४ ६८ अर्ब
२०७२/७३ ३१४ १८ १६ अर्ब

 

कुन कुन क्षेत्रमा भित्रियो लगानी ?
धेरै स्वदेशी लगानी भएका क्षेत्रहरु

आर्थिक वर्ष २०७१/७२ २०७२/७३
पर्यटन १४७ ११३
सेवा १३७ ११८
उत्पादनमुलक ९० १३५
कृषि तथा वन ५० २८
उर्जा २९ १५
खनिज  
निर्माण

 

धेरै विदेशी लगानी भएका क्षेत्रहरु

आर्थिक वर्ष २०७१/७२ २०७२/७३
पर्यटन १३३ १२१
सेवा १२४ १४३
उत्पादनमुलक ६१ ४९
कृषि तथा वन ३९ २२
उर्जा
खनिज  
निर्माण

 

अघिल्लो वर्ष स्वदेशी र विदेशी गरी १३ वटा खनिज उद्योगमा लगानी भएकोमा गत वर्ष एउटै पनि खनिज उद्योग दर्ता हुन सकेन । विदेशी कम्पनीले सेवा क्षेत्रमा लगानी थपे पनि साना उद्योग अन्तर्गतको लगानी भएकाले समग्र उद्योग क्षेत्रको लगानीमा भने कमी आएको छ ।स्वदेशी तथा विदेशी लगानीका उद्योगमा अघिल्लो वर्ष ३६ हजारले रोजगारी पाउने प्रतिवद्धता आएकोमा यो वर्ष भने ३० हजार व्यक्तिले मात्रै रोजगार पाएका छन् ।