सोमबार देखि बजारमा नियमित सेयर कारोबार हुने, घटेको ब्रोकर कमिशन दर पनि आजबाटै लागु

बिजमाण्डू
२०७३ साउन १० गते ००:०० | Jul 25, 2016
सोमबार देखि बजारमा नियमित सेयर कारोबार हुने, घटेको ब्रोकर कमिशन दर पनि आजबाटै लागु
काठमाडौं । घटेको कमिशन सफ्टवेयरमा देखाउन नसकेपछि आइतबार बन्द भएको सेयर कारोबार सोमबार(आज) देखि नियमति हुने भएको छ । नेपाल स्टक ब्रोकर एसोसिएसनले विज्ञप्ति जारी गर्दै सोमबार देखि बजार नियमित सञ्चालन हुने जनाएको छ। 
 
आइतबार कारोबार नभएपछि लगानीकर्तालाई सोमबार पनि बजार खुल्ने वा नखुल्ने अन्योल थियो । लगानीकर्ता अन्यौलमा नपर्दा हुन्छ, सोमबार ११ बजेबाटै कारोबार सुरु हुन्छ, ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले भने । 
ब्रोकरहरुले सफ्टवेयरमा नयाँ कमिशन दर अपडेट गरिसकेका छन् । सोमबार देखि हुने कारोबारमा नयाँ कमिशन दर लागु हुनेछ । 
 
अर्थमन्त्रालयले गत विहीबार नयाँ कमिशन दर लागु गर्ने निर्णय गरेर धितोपत्र बोर्डलाई संसोधित नियमावली पठाएको थियो । संसोधित नियमावली अनुसार बोर्डले नेप्सेलाई कायान्वयन गर्न निर्देशन दिएको हो । सोही निर्देशन अनुसार आइतबार देखि नयाँ कमिशन दर लागु हुने नेप्सेले जनाएको थियो । 
 
अब लगानीकर्ताले अधिकतम ०।६० प्रातिसतका दरले ब्रोकर कमिशन तिर्नुपर्छ । ५० हजार रुपैयाँसम्म सेयर कारोबार गर्ने लगानीकर्ताले ०।६० प्रतिसतका दरले कमिशन तिर्नुपर्छ । त्यस्तै  ५० हजार भन्दा माथि पाँच लाखसम्मको कारोबार गर्नेले ०।५५ प्रतिसत, पाँच देखि २० लाखसम्मको कारोबार गर्नेले ०।५० प्रतिसत, २० लाख देखि एक करोड रुपैयाँसम्म कारोबार गर्नेले ०।४५ प्रतिसत र एक करोड रुपैयाँ भन्दा माथिको कारोबार गर्नेले ०।४० प्रतिसतका दरले कमिशन तिर्नु पर्ने छ ।  
 

Tata
GBIME
Nepal Life