काठमाडौं । सानिमा बैंकले गत वर्ष एक अर्ब चार करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा करिब ४० करोड रुपैयाँ बढी हो ।
यो बैंक पनि नाफाका आधारमा अर्ब पति क्लवमा प्रवेश गरेको छ । अघिल्लो वर्ष ६२ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको यो बैंकले गत आर्थिक वर्षमा एक अर्ब चार करोड रुपैयाँ कमायो ।
बैंकले खुद व्याज आम्दानी ५९ करोड रुपैयाँ बढायो । व्याज आम्दानीकै कारण बैंकले खुद नाफा माथि पुर्याएको हो । यस बाहेक बैंकले फि कमिसनबाट आठ करोड, अन्य सञ्चालन नाफा २४ करोड र विदेशी विनिमय कारोबारबाट १५ करोड रुपैयाँ कमाएको छ ।
बैंकले गत वर्ष निक्षेपमा १२ अर्ब र कर्जा लगानीमा पनि करिब १२ अर्ब रुपैयाँ नै बृद्धि गरेको छ । कर्जा र निक्षेपमा भएको बृद्धिले बैंकको आम्दानी बढाउन सहयोग गरेको हो । गत असार मसान्तसम्म बैंकमा ४६ अर्ब रुपैयाँ निक्षेप र ४० अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ ।
बैंकको खराव कर्जाको मात्रा निकै कम छ । बैंकले दिएको जानकारी अनुसार कुल कर्जाको ०.०२ प्रतिसत मात्रै खराव कर्जा छ । बैंकले ४.४० प्रतिसत स्प्रेड कायम गरेको पनि जनाइएको छ ।