मेगा बैं‌कको हकप्रद साउन २७ गतेदेखि, चार बराबर एकका दरले हकप्रद भर्न पाउने, पुँजी चार अर्ब नाघ्ने

बिजमाण्डू
२०७३ साउन १० गते ००:०० | Jul 25, 2016
मेगा बैं‌कको हकप्रद साउन २७ गतेदेखि, चार बराबर एकका दरले हकप्रद भर्न पाउने, पुँजी चार अर्ब नाघ्ने
काठमाडौं । मेगा बैंकले लगानीकर्ताका लागि साउन २७ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले लगानीकर्तालाई चार बराबर एक(४ः१) का दरले हकप्रद निष्काशन गर्न लागेको हो । 
 
सर्वसाधारण लगानीकर्ताले साउन २७ गतेदेखि भदौ २९ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन् । बैंकले एक सय रुपैयाँ दरको ८१ लाख एक हजार ४३८ कित्ता सेयर निष्कासन गर्न लागेको हो । साउन नौ गतेसम्म कायम सेयर धनीले मात्रै हकप्रद भर्न पाउँछन् ।
चुक्ता पुँजी बढाउनु पर्ने भएपछि बैंकले हकप्रद जारी गर्न लागेको हो । यो हकप्रदको निर्णय गत साधारण सभाबाटै पारित भएको थियो । 
 
हाल बैंकको चुक्तापुँजी तीन अर्ब २४ करोड रुपैयाँ छ । यो हकप्रद जारी भएपछि बैंकको चुक्ता पुँजी चार अर्ब पाँच करोड रुपैयाँ पुग्छ । बैंकले आगामी असार मसान्तसम्म चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । 
 
लगानीकर्ताले मेगा बैंकका सबै शाखा र ग्लोबल आइएमई क्यापिटलबाट हकप्रद सेयर भर्न पाउँछन् । हकप्रद सेयर भर्दा प्रतिकित्ता एक सय रुपैयाँको दरले पैसा बुझाउनु पर्छ ।
 

Tata
GBIME
Nepal Life