गत वर्ष विदेशबाट१ अर्ब ८० करोडको मदिरा आयात, बेलायतदेखि क्युवासम्मका मदिरा खान्छन् नेपाली

बिजमाण्डू
२०७३ साउन १० गते ००:०० | Jul 25, 2016
गत वर्ष विदेशबाट१ अर्ब ८० करोडको मदिरा आयात, बेलायतदेखि क्युवासम्मका मदिरा खान्छन् नेपाली


  • अमर बडुवाल/बिजमाण्डू

काठमाडौं । गत वर्ष पौने दुर्इ अर्ब रुपैयाँ बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ ।  भन्सार विभागका अनुसार गत वर्ष १ अर्ब ८० करोड ७३ लाख रुपैया बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ ।

स्वदेशमै राम्रा र गुणस्तरीय मदिरा उत्पादन भएपनि विदेशी मदिराको पारखी नघटेको विभागको तथ्यांकले देखाउँछ ।विदेशबाट १ करोड २३ लाख लिटर बराबरको विदेशी मदिरा मुलुक भित्रिएको छ । विभागका अनुसार मदिरा बनाउन आवश्यक पर्ने कच्चा पदार्थ मात्रै ३९ करोड २७ लाख रुपैयाँ बराबरको मुलुकमा भित्रिएको छ । 

Tata
GBIME
Nepal Life

कच्चा पदार्थ र मदिरा गरेर विदेशबाट २ अर्ब २० करोड रुपैयाँ बराबर मुलुक भित्रिएको विभागले जनाएको छ । स्वदेशमा रहेका मदिरा उद्योगले मदिरा बनाउन आवश्यक पर्ने कच्चा पदार्थ भारत र तेस्रो मुलुकबाट भित्र्याउने गर्छन् ।

विभागका अनुसार एक्स्ट्रा नेचुरल अल्कोहल, वाइन, ह्विस्की, माल्ट वियर, गुलियो रक्सी,जिन/भोड्का र रम विदेशबाट आयात हुन्छ । विभागका अनुसार एक्स्ट्रा नेचुरल अल्कोहल ७७ करोड ९५ लाख , वाइन २५ करोड ५२ लाख , ह्विस्की ६७ करोड, माल्ट वियर २ करोड २० लाख, गुलियो रक्सी ३ करोड ७६ लाख, जीन/भोड्का ३ करोड ५६ लाख, रम १८ लाख १५ हजार रुपैयाँ र अन्य ५८ लाख ४० हजार रुपैयाँ बराबरको मुलुक भित्रिएको विभागले जनाएको छ ।

सबैभन्दा बढी मदिरा बेलायतबाट आयात हुने गरेको विभागले जनाएको छ । विभागका अनुसार नेपालमा आउने मदिरा भारत, बेलायत, फ्रान्स, अष्ट्रेलिया, स्पेन, इटाली,सिंगापुर, नेदरल्याण्ड, चीन, मेक्सिको, क्युवा, आयरल्याण्ड, अमेरिका, बेल्जियम र स्विडेनबाट आयात हुन्छ ।   
 
 कुन मदिरा कति आयात भयो

मदिराको ब्राण्ड/नाम मात्रा (लिटरमा) मुल्य (रुपैयामा)
एक्सट्रा नेचुरल अल्कोहल १ करोड ८ लाख  ७७ करोड ९५ लाख
वाइन ८ लाख २० हजार २५ करोड ५२ लाख
ह्वीस्की ४ लाख २७ हजार ६७ करोड ३९ लाख
कच्चा पदार्थ ३ लाख ५१ हजार ३९ करोड ७० लाख
माल्ट वियर १ लाख १८ हजार २ करोड २० लाख
गुलीयो रक्सी ३४ हजार ४ सय ३ करोड ७६ लाख
जीन/भोड्का १६ हजार ५ सय ३ करोड ५६ लाख
रम २ हजार ५ सय १८ लाख १५ हजार
अन्य ७५ हजार ७ सय ५८ लाख ४० हजार

 
कुन ब्राण्ड कुन देश बाट बढी आयात भयो

मदिराको ब्राण्ड/नाम मात्रा (लिटरमा) मुल्य (रुपैयामा) बढी आयात भको देश
एक्सट्रा नेचुरल अल्कोहल १ करोड ८ लाख  ७७ करोड ९५ लाख भारत, बेलायत, फ्रान्स, पोल्याण्ड
वाइन ८ लाख २० हजार २५ करोड ५२ लाख अष्ट्रेलिया, स्पेन, फ्रान्स, इटाली
ह्वीस्की ४ लाख २७ हजार ६७ करोड ३९ लाख बेलायत, अमेरिका, सिङगापुर, फ्रान्स
कच्चा पदार्थ ३ लाख ५१ हजार ३९ करोड ७० लाख बेलायत, भारत, नेदरल्याण्ड
माल्ट वियर १ लाख १८ हजार २ करोड २० लाख चिन, सिङ्गापुर, बेल्जियम, फ्रान्स
गुलीयो रक्सी ३४ हजार ४ सय ३ करोड ७६ लाख बेलायत, आयरल्याण्ड, मेक्सिको, अमेरिका
जीन/भोड्का १६ हजार ५ सय ३ करोड ५६ लाख बेलायत, स्विडेन, अमेरिका
रम २ हजार ५ सय १८ लाख १५ हजार बेलायत, फ्रान्स, क्युवा, ब्राजिल
अन्य ७५ हजार ७ सय ५८ लाख ४० हजार भारत, स्पेन, दक्षिण अफ्रिका