तीन दिनपछि खुलेको बजार ४० अंकले बढ्यो, २२४ करोडको किनबेच, सिद्धार्थमा पैसा ओइरियो

बिजमाण्डू
२०७३ साउन १० गते ००:०० | Jul 25, 2016
तीन दिनपछि खुलेको बजार ४० अंकले बढ्यो, २२४ करोडको किनबेच, सिद्धार्थमा पैसा ओइरियो


काठमाडौं । तीन दिनपछि खुलेको सेयर बजारमा २२४ करोड रुपैयाँको कारोबार भएको छ । चार घन्टाको कारोबारमा १४७ कम्पनीको ४७ लाख ४० हजार ९७२ कित्ता सेयर किनबेच भएको छ ।
 
बजार ३९.६६ अंकको बृद्धिसँगै १८३८.४९ अंकमा पुगेको छ । यो २.२० प्रतिशतको बृद्धि हो । जलविद्युतवाहेक सबै सुचक हरियो हुँदा बजारले नयाँ इतिहास रचेको छ ।
 
जलविद्युत १२.२ अंकले ओर्लिए पनि अधिकांस सुचक दोहोरो अंकले हरियो भएका छन् । उत्पादनमूलकमा ३.२१ र अन्यमा नौं अंकको बृद्धि छ ।
 
बैंकिङ समूह ४२ अंक, होटल ४३ अंक, विकास बैंक ८१.८५ अंकले उक्लिएका छन् । फाइनान्स समूह २१, बिमा ८४ अंकले बढेको छ ।
 
दुई बिमा कम्पनी वाहेक सबैभन्दा वढि किनबेच हुने सेयरको सुचीमा बाणिज्य बैंक छन् । शिखर इन्स्योरेन्सको पाँच करोड ७२ लाख र प्रिमियर इन्स्योरेन्सको ६ करोड २८ लाखको सेयर कारोबार भएको छ ।
 
सबैभन्दा वढि मूल्यको सिद्धार्थ बैंकको किनबेच भएको छ । बैंकको १९ करोड ३६ लाख रुपैयाँको एक लाख ५१ हजार ८८० कित्ता सेयर किनबेच भएको छ । प्राइम बैंकको १० करोड ६५ लाख, एनबी बैंकको १० करोड नौं लाख रुपैयाँको किनबेच भएको छ ।
 
२४ कम्पनीले नौं प्रतिशतमाथि कमाएका छन् । तीन कम्पनीको सम्पति १० प्रतिशतले बढेको छ । देव विकास, नागवेली लघुवित्त र सेती फाइनान्सका लगानीकर्ताले  १० प्रतिशतले सम्पति वढाएका छन् ।
 
बजार करिव ४० अंकले वढ्दासमेत पौने ८ प्रतिशतले किसान माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । अधिकांस माइक्रोफाइनान्सको सेयर मूल्य घटेको छ ।

Tata
GBIME
Nepal Life