जगदम्बा सिमेन्टको ‘आऔं सबै मिलि देश बनाऔं’ अभियान, नेपालको विकास नेपालीले गर्ने भनाई

बिजमाण्डू
२०७३ साउन १० गते ००:०० | Jul 25, 2016
जगदम्बा सिमेन्टको ‘आऔं सबै मिलि देश बनाऔं’ अभियान, नेपालको विकास नेपालीले गर्ने भनाई
काठमाडौं। जगदम्बा सिमेन्टले 'आऔं सबै मिलि देश बनाऔं' अभियान सुरु गरेको छ । समृद्ध राष्ट्र निर्माणका लागि भन्दै पाँच वर्षदेखि मेरो देश मेरो जगदम्बा सिमेन्ट अभियान सञ्चालन गरेको कम्पनीले सोही अभियानको विस्तारका रुपमा आऔं सबै मिलि देश बनाऔं अभियान सार्वजनिक गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

जगदम्बा सिमेन्टले गतवर्ष नेपालमा गएको आम विनाशकारी भूकम्प तथा लामो समयसम्मको नाकाबन्दीका कारण सृजना भएको असहज परिस्थितिलाई मनन् गर्दै नेपालको विकास समग्र नेपालीहरुको प्रयासबाट मात्र हुन सक्ने सन्देशका साथ नयाँ अभियान लिएर प्रस्तुत भएको जनाएको छ।

१५ वर्ष देखि भैरहवा तथा वीरगञ्जबाट जगदम्बा सिमेन्टले ५२ हजार बोरा सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको जनाएको छ।

भूकम्प र नाका बन्दीबाट पाठ सिक्दै नेपालको विकास समग्र नेपालीहरुको प्रयासबाट मात्र हुनसक्ने सन्देशका साथ नयाँ अभियान ल्याएको कम्पनीले जनाएको छ।