मर्जरः सम्झौता गर्दै तोड्न प्रवृत्ती बढ्यो, सेयर कारोवार गर्न नपाउँदा लगानीकर्ता असुविधामा

बिजमाण्डू
२०७३ साउन ११ गते ००:०० | Jul 26, 2016
मर्जरः सम्झौता गर्दै तोड्न प्रवृत्ती बढ्यो, सेयर कारोवार गर्न नपाउँदा लगानीकर्ता असुविधामा
काठमाडौं । असार अन्तिम दिन कुमारी बैंकको विशेष साधारण सभाले एनसिसि बैंकको नेतृत्वमा हुन लागेको मर्जबाट बाहिरिने निर्णय गर्यो । कुमारीको यो निर्णयपछि एनसिसिको नेतृत्वमा पाँच वटा सस्थाको मात्रै मर्जरको अन्तिम प्रस्ताव नेपाल राष्ट्र बैंकमा गयो ।
 
माछापुच्छ«े र जनता बैंकको मर्जर प्रक्रिया पनि करिब सात महिना पछि टुट्यो । यस्ता दर्जन उदाहरण बैंक तथा वित्तीय सस्थाहरुको मर्जरमा छ ।
 
निकै लामो समय मर्जका लागि प्रयास हुने तर अनेक स्वार्थका कारण असफल हुँदा लगानीकर्ता मर्कामा पर्ने गरेका छन् । सुरुमा भइहाल्छ भनेर मर्जरमा जान सहमति गर्ने र पछि स्वार्थ वाझिन थालेपछि मर्जर तोड्ने प्रवृत्ति हावी भएको निश्कर्ष राष्ट्र बैंकका अधिकारीहरुको छ ।
 
यस्तै प्रबृत्ति नदोहोरियोस भनेर राष्ट्र बैंकले मर्जर तोड्ने बैंक तथा वित्तीय सस्थाहरुलाई सचेत गराउन थालेको छ । ‘दुई ठूला बाणिज्य बैंकलाई सचेत गराइको छ, राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने, मर्जर तोडेपछि ती सस्थाको अर्को मर्जरका लागि तीन महिनासम्म प्रस्ताव स्वीकार नगर्ने रणनीति पनि राष्ट्र बैंकले अवलम्बन गरेको छ।’
 
साना तिना समस्या देखिना साथ मर्जर तोड्ने प्रबृत्ति निरुत्साहित गर्न राष्ट्र बैंकले यस्तो कदम चालेको हो । चुक्ता पुँजी बढाउन तोकेको समय नजिकिदै गर्दा मर्जर टुट्ने अवस्था आउन नदिन पनि राष्ट्र बैंकले कडाइ गर्न थालेको हो ।
 
लामो समय मर्जका लागि कारोबार बन्द गर्ने र अन्तिम समयमा टुट्दा लगानीकर्ता पनि मर्कामा पर्ने गरेका छन् । मर्जमा जाने सस्थाको सैद्धान्तिक सहमति भएको १५ दिनदेखि एक महिनासम्म मात्रै सेयर कारोबार रोक्का राख्न नियामक निकायहरुलाई लगानीकर्ताले आग्रह गरेका छन् । मर्जका नाममा पुँजी बजारमा चलखेल हुन्छ भनेर सेयर कारोबार रोक्का नै राख्ने गरिएको हो । सैद्धान्तिक सहमति प्राप्त गरेपछि चलखेल हुने सम्भावना रहँदैन । यो विषयमा राष्ट्र बैंक पनि सहमत छ ।
 

Tata
GBIME
Nepal Life