देशभर होटलमा लगानीको होड,सात लाख पर्यटकले थपिएका होटल आर्थिक रुपमा थेग्लान ?

बिजमाण्डू
२०७३ साउन ११ गते ००:०० | Jul 26, 2016
देशभर होटलमा लगानीको होड,सात लाख पर्यटकले थपिएका होटल आर्थिक रुपमा थेग्लान  ?
  • उमेश पौडेल/ विजमाण्डू
काठमाडौं । देशभर होटल निर्माणको होड चलेको छ । अन्तर्राष्ट्रिय स्तरका चेन होटलमा आवद्ध भएर विभिन्न व्यवसायिक घराना होटल निर्माणमा जुटेका छन् । चार वर्षभित्र नेपालमा झन्डै ६ हजार पर्यटक होटलका कोठा थपिँदैछन् ।

उद्योग विभागकै तथ्यांक हेर्ने हो भने गत आर्थिक वर्ष मात्रै साना तथा ठूला गरी एक सय ३७ होटल निर्माणका लागि दर्ता भएका छन् । यो सबै होटल २०२०भित्रै संचालनमा आउनेछन् । तर अहिले मुलुकभित्र सरदर सात लाख पर्यटक भित्रिन्छन् । अहिले भित्रिरहेका पर्यटकबाट मुलुकभित्र संचालनमा रहेका होटलको अकुपेन्सी पनि धान्न कठिन छ ।

 सन् २०२०मा थपिने होटल अहिले भित्रिरहेका पर्यटकका आधारमा कसरी आर्थिक रुपमा सम्भव होला ? नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठ अहिलेको पूर्वाधारले पर्यटक आगमन बढाउन नसकिने र होटल क्षेत्रको लगानी जोखिममा पर्ने बताए । भौतिक पूर्वाधार विकासमा जोड नदिएसम्म सन् २०११ मा गरिएको दशवबर्षे पर्यटक नीतिले काम गर्दैन्, उनले बिजमाण्डूसँग भने, नेपालमा पर्यटक भित्र्याउनका अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउनुपर्छ । बन्दै गरेको भैरहवा र पोखरा विमानस्थललार्इ चाँडै  निर्माण सम्पन्न गर्नुपर्छ । होइन भने होटल क्षेत्र पनि गार्मेन्ट र कार्पेटजस्तै समस्यामा पर्छ ।
 
उनले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने र थप जहाजहरु खरिद गरेर युरोप र अमेरिका उडान थाल्नुपर्ने बताए ।नेपालवाट युरोप र अमेरिका सिधा उडान गर्न सके विदेशी पर्यटकको खर्च कम हुने र नेपालको बसाइ लम्बिन्छ, उनले भने । श्रेष्ठका अनुसार नेपालमा रहेको एकमात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई सुधारको आवश्यक छ ।

Tata
GBIME
Nepal Life

के छ लगानी ?
गत वर्ष उद्योग विभागमा साना तथा ठूला गरी एकसय ३७ वटा होटेलहरु सञ्चालनका लागि दर्ता भएका छन्। उनीहरुमध्ये धेरैजसो होटेलहरु सन् २०२० भित्रै सञ्चालनमा ल्याउनेगरी दर्ता भएका छन्।

कुल २६ अर्ब ९२ करोडको लगानीमा  होटेल तथा रेष्टुरेन्टहरु सञ्चालनमा आउनेछन् भने यहाँ करिब सात हजार जतिले काम पाउने तथ्याङ्कमा उल्लेख छ। यी होटेलहरु सञ्चालनमा आउँदा सन् २०२० सम्म यनिहरुवाट थप पाँचहजार तीनसय वटा कोठाहरु थपिनेछन्।

नेपालको पर्यटन क्षेत्रमा आगानी चार बर्षभित्र पाँच हजार नौ सय ५१ वटा पर्यटकमैत्री लिभिङ रुम (कोठा)हरु थपिदैछन् । तीनहजार पाँचसय लिभिङ रुमहरु सञ्चालनमा रहेका छन् । सरकारले पनि २०२० सम्म २० लाख पर्यटक भित्र्याउने र होटेल अकुपेन्सीको दरलाई सय प्रतिशत बनाइने लक्ष्य लिएको छ । अहिलेकै पूर्वाधार र राजनीतिक संक्रमण रहे यो लक्ष्य भेट्टाउन असम्भव छ ।

हानको लक्ष्य

होटलमा लगानी बढेपछि पर्यटक बढाउन होटेल एसोसिएसन अफ नेपाल (हान)ले पनि प्रचार प्रसारका कामहरु अगाडि बढाइसकेको जनाएको छ। हानका उपाध्यक्ष अमरमान शाक्यले सन् २०२० सम्म २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य अनुसार हानले समेत हातेमालो गरेर काम अघि बढाएको बताए ।
'सन् २०२० मा नेपालमा अकुपेन्सी सय प्रतिशत पुर्याउँछौं' शाक्यले भने 'अहिले चीनमा प्रमोसनको काम भइरहेको छ , बेइजिङ र साङ्घाई सहरमा सेल्स मिसनको काम अगाडि बढिसकेको छ।'
 
सन् २०२० मा कति थपिदैछन् पर्यटनमैत्री कोठाहरु

विवरण लगानी थप कोठाहरु
अधिल्लो आवमा दर्ता भएका सन् २०२० सम्म आउने होटेल तथा रेष्टुरेन्ट समग्रमा कूल: २६ अर्ब ९२ करोड ५३०० वटा
(३००० पर्यटनमैत्री)
एमएस मारीयोट  करिब ४ अर्ब २३५   वटा
टाइगर प्यालेस  ३ अर्ब २००   वटा
सेराटन काठमाडौं करिब ८ अर्ब २१८   वटा
बोधि रेड्सन करिब १ अर्ब १०८   वटा
नान्स होटेल ७५ करोड १००   वटा
होटेल पवन प्यालेस १ अर्ब ४० करोड १५०  वटा
केएल दुगड समूह १ अर्ब ५ करोड १२०   वटा
लुम्बिनि अष्टदीप प्रालि ५ अर्ब ८५ करोड ३२०   वटा
चालु रहेका कोठाहरु   ३५००  वटा
२०१८ सम्म थपिने अनुमान   १५००  वटा
जम्मा   ९४५१ वटा
                                                श्रोत : उद्योग विभाग र हान
 
हाल विस्तार भएका होटेल र पर्यटनमैत्री होटेलका कोठाहरुका आधारमा हेर्ने हो भने पूर्वाधारको कमि नरहने पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए। उनले नेपालका पर्यटनसंग सम्बन्धित सवै पक्षले चिनियाँ र भारतीय पर्यटकलाई प्राथमिकतामा राखेर प्रचारप्रसारको काम गरे लक्ष्य भेट्टाउन धेरै समस्या नरहेको बताए।

नेपालले भेट्टाउला लक्ष्य ?

सन् २०२० सम्म सरकारको लक्ष्य २० लाख पर्यटन भित्र्याउने रहेको छ। तर यो लक्ष्यलाई भेट्नलाई धेरै मेहेनत गर्नुपर्छ। सन् २०१४ मा नेपालमा सवैभन्दा धेरै आठलाख पर्यटक नेपाल आएका थिए, त्यो बेला नेपालमा होटेलको अकुपेन्सी ९० प्रतिसत रहेको थियो।

त्यस्तै सन् २०१५ मा पर्यटकको आगमनदर घटेर पाँचलाखमात्र भएको थियो। भारतले नेपालमा लगाएको नाकाबन्दी र भूकम्पका कारण त्यसको प्रत्यक्ष असर परेको हो। पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र हान मिलेर यो बर्ष पनि आठलाख पर्यटक भित्र्याउने लक्षका साथ काम अगाडि बढाइरहेका छन्।
 तर यो लक्षलाई पुर्याउन पर्यटनसंग सम्वन्धित सवै सरोकारवाल निकायहरु मिलेमात्र सम्भव हुने शाक्यले बताए। उनले यसका लागि सरकारी पक्षवाट पनि सहयोगको अपेक्षा गरेको बताए।