इन्ट्री लेभलमा सबैभन्दा सस्तो कार नेपाली बजारमा आयो, १४ लाख रुपैयाँमा डाटसनको रेडी गो

बिजमाण्डू
२०७३ साउन ११ गते ००:०० | Jul 26, 2016
इन्ट्री लेभलमा सबैभन्दा सस्तो कार नेपाली बजारमा आयो, १४ लाख रुपैयाँमा डाटसनको रेडी गो


काठमाडौं । नेपाली बजारमा इन्ट्री लेबलमा सबैभन्दा सस्तो कार आएको छ । डाटसन रेडी गो जसको मूल्य १३ लाख ९९ हजार रुपैयाँ छ । डाटसनको नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले नेपाली बजारमा यो कारको बिक्री सुरु गरेको हो ।

डाटसनको एक्सपोर्टका भाइस प्रेसिडेन्ट अतुल सहाने र  कम्पनीका प्रवन्ध निर्देशक सन्दिप शारडाले मंगलबार संयुक्त रुपमा यो कारको बिक्री शुभारम्भ गरे । ८ सय सीसीको कार सुजुकीको अल्टो र हुन्डार्इको इयोनसँग यो कारको प्रतिस्पर्धा हुनेछ ।

जापानिज कार निर्माता कम्पनीको गाडी नेपालमा भित्रिएको दुर्इ वर्ष भएको छ । दुर्इ वर्षको अवधिमा डाटसनका ८ सय गाडी बिक्री भइसकेका छन् । भाइस प्रेसिडेन्ट सहानेले नेपाली बजारमा डाटसनका गाडी लोकप्रिय भइसकेको बताउँदै दुर्इ वर्षको अवधिमा ८ सय गाडी बिक्री हुनु सफलताको सूचक रहेको बताए ।

सन्दिप शारडाले डाटसन रेडी गो डेलिभरी गर्न समेत नभ्याउने अवस्था आएको बताए ।हामीले यो गाडीको एक सयवटा बुकिङ लिइसकेका छौ । बुकिङ हेर्दा गाडी डेलिभरी गर्न समेत कठिन देखिरहेका छौ, उनले भने, भारतमै यो धेरै बुकिङ भएर डेलिभरी गर्न भ्यार्इ नभ्यार्इ छ, शारडाले भने, हाम्रो यहाँको बुकिङले पनि त्यस्तै अवस्था ल्याएको छ ।

उनले ८ सय सीसीमा डाटसनको यो कार अरु ब्राण्ड भन्दा धेरै उत्कृष्ट रहेको दाबी गरे ।म कुनै ब्राण्डका गाडीसँग तुलना गर्न चाहन्न । तर ८ सय सीसीको कारमा हाम्रो सबै हिसाबले उत्कृष्ट छ, उनले भने ।

Tata
GBIME
Nepal Life

के छ गाडीमा

८ सय सीसीको ह्याचब्याक डाटसन रेडी गोले एक लिटर पेट्रोलले २५‍‍‍‌.१७ किलोमिटर माइलेज दिन्छ । ८ सय सीसीमा यो सबैभन्दा बढी माइलेज हो । यो गाडीको टप स्पीड १ सय ४० किलोमिटर प्रतिघण्टा छ ।

गाडीमा प्रर्याप्त स्पेश, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र क्रसओभरमा जिप्पी ड्राइभिङको रोमाञ्चकता दिने कम्पनीको दाबी छ । सुरक्षालार्इ ध्यान दिएर गाडी  निर्माण गरिएको छ ।  गाडीमा  प्रो सेफ७ रहेको र यसले  सर्ट ब्रेकिङ डिस्ट्यान्स, हार्इ स्ट्रेन्थ बडी सेल र गुड भिजिविलिटी र वाइडर भ्यु अफ द रोड लगायतका विशेषता छन् । कारमा सुपेरियर सस्पेन्सन सिस्टम, ड्राइभर एयरब्याग लगायतका सुविधा छन् ।

कारमा ०‍‍‌.८ एलको थ्रि सिलिण्डर आर्इ स्याट इन्जिनसँगै पाँच गियर छन् । कारमा पर्सनलार्इज्ड अप्सन समेत छन् । कम्पनीका अनुसार ग्राहकलार्इ पचास सम्भावित एसेसरिज समेत दिनेछ । कम्पनीले अर्बान, स्टाइल, कुल र इजि किटले स्टाइल बढाउने र हेर्न मनलाग्ने लुक्स दिने जनाएको छ । यो गाडी सेतो, सिल्भर, ग्रे, रुबी र लाइममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।