मनसुनले यसरी पार्छ देशकै अर्थव्यवस्थामा प्रभाव, समयमै मनसुनले आर्थिक बृद्धिमा ३% को सुधार

बिजमाण्डू
२०७३ साउन १२ गते ००:०० | Jul 27, 2016
मनसुनले यसरी पार्छ देशकै अर्थव्यवस्थामा प्रभाव, समयमै मनसुनले आर्थिक बृद्धिमा ३% को सुधार
काठमाडौं । नेपालमा यसपाली सामान्यभन्दा धेरै पानी परिरहेको छ । मौसम पुर्वानुमान विमागले अझै केही दिन भारी वर्षा हुने जनाएको छ । वर्षा देशैभरी भइरहेका कारण पहाडमा पहिरो गइरहेको छ भने तराईमा वाढि तथा डुवानको समस्या आएको छ ।
 
बर्षाले जति क्षति गर्छ त्यति नै मुलुकको अर्थतन्त्रलाई फाइदासमेत गर्छ । बर्षा नभएको बर्ष उत्पादन  घटेर देशको आर्थिक बृद्धि दर नै संकुचित हुने गरेको छ । समयमै मनसुन सुरु भएको बर्ष आर्थिक बृद्धि दरमा केही सुधार आउने गरेको छ । त्यसैले भनिन्छ पनि नेपालको आर्थिक बृद्धि दर 'आकासलाई हेरेर अनुमान गर्नु पर्छ ।'
 
बर्षभरी हुने बर्षामध्ये ७० प्रतिशत जेठदेखि भदौसम्म हुन्छ । त्यसअघि र पछि जम्मा ३० प्रतिशत पानी पर्छ । यही चार महिनामा पर्ने पानीका आधारमा नेपालको कृषि क्षेत्रको बृद्धि भएर समग्र अर्थिक बृद्धि दर उँभो लाग्ने गरेको हो ।
 
मनसुन ढिलो गरी सुरु हुँदा धानलगायतका खेती प्रभावित हुन्छ र देशको समग्र उत्पादन नै घट्छ । यसपाली समयमै सुरु भएको मनसुनका कारण पनिसरले आर्थिक बृद्धि दरको लक्ष्य ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । समयमै पानी परेर उत्पादन भयो भने मात्रै पनि नेपालको आर्थिक बृद्धि दर तीन प्रतिशतले बढ्ने गरेको छ ।
 
मनसुनका कारणले जमिनमा पानीको मात्र वढेर खानेपानीको समस्या हुँदैन । पानी परेन भने जमिन वाँझो हुनुका साथै सिँचाइ गर्न पानीको स्रोत भेटिँदैन भने पिउने पानीसमेत पर्याप्त रुपमा भेटिँदैन ।

Tata
GBIME
Nepal Life