सेयर बजार १९०० अंक नजिक, ५६ कम्पनीका लगानीकर्ताले गुमाए, नेपाल बैंकको सेयर कारोबार बढ्यो

बिजमाण्डू
२०७३ साउन १२ गते ००:०० | Jul 27, 2016
काठमाडौं । सेयर बजार १९०० अंक नजिक पुगेको छ । बुधबार बजार करिव १५ अंकले बढेर १८८१.४५ अंकमा पुगेको छ । हिजोको तुलनामा सुचक र कारोबार रकमको बृद्धि दर केही कम भएको छ ।
 
सेयर बजारमा बुधबार १४८ कम्पनीका दुई अर्ब २६ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । वित्तीय क्षेत्रका सुचकहरु चम्किँदा सेयर बजार उकालो लागेको हो । बजारमा बिमा, उत्पादनमूलक र अन्य समूहका सेयर मूल्य घटेका छन् ।
 
बाणिज्य बैंक समूह साढे १५ अंक, विकास बैंक ३३ र फाइनान्स ५ अंकले बढेको छ । बुधबार होटल समूह धेरै  चम्किएको छ । होटल १९५ अं‌क र जलविद्युत ४५ अंकले बढैको छ ।
 
बजारमा नेपाल बैंकको सेयर सबैभन्दा वढि रुपैयाँको किनबेच भएको छ । नेपाल बैंकको ११ करोड रुपैयाँको किनबेच भएको छ । सिद्धार्थ बैंकको नौं करोड ८० लाख र एनबी बैंक नौं करोड ३९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
 
बजारमा लुम्बिनी फाइनान्सको सेयरमा सर्किट ब्रेकर लागेको छ भने अन्य आठ कम्पनीको मूल्य १० प्रतिशत हाराहारीले बढेको छ । बजारले उचाइ लिइरहँदा ५६ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।

Tata
GBIME
Nepal Life