दहीमा पनि ठगी! पाँच कम्पनीले दहीको थोरै दिएर ठगे उपभोक्ता, लिटरमा १६० मिलिलिटरसम्म कम

बिजमाण्डू
२०७३ साउन १२ गते ००:०० | Jul 27, 2016

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका पाँच कम्पनीबाट उत्पादित दहीमा ठगी भएको पाइएको छ ।
 
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत क्षेत्रीय कार्यालय बालाजुलाई नापजाँचका लागि पठाएपछि नाप गर्दा व्यापक ठगी भएको पाइएको हो । विभिन्न कम्पनीलाई जाँच गर्दा एक लिटर दहीमा १४० देखि १६० मिलिलिटरसम्म कम भेटिएको पाइएको छ ।
 
जाँच गरिएकामध्ये नेपाल डेरीमा १५० मिलिलिटर, सुवजु जुजु धौ भक्तपुर १६०, आर एस जुजु धौ सेन्टर भक्तपुर १४०, शिवम् डेरी प्राली भक्तपुर १५० मिलिलिटर दही कम फेला परेको नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालय बालाजुका कार्यालय प्रमुख शशीभुषण यादवले जानकारी दिए।
 
“दहीमा ठगी गरेको पाइएपछि कारबाहीका लागि सम्बन्धित डेरीलाई पत्राचार गरेका छौँ,” उनले भने । यसअघि दूधमा गरेको अनुगमनमा आधा लिटरमा ११० मिलिलिटरसम्म कम भएको पाइएको थियो । रासस

Tata
GBIME
Nepal Life