शंकर र अम्बे समूहले रिद्धि सिद्धि सिमेन्ट उद्योग स्थापना गर्ने, १० बैंकको लगानी, २००० टन उत्पादन

बिजमाण्डू
२०७३ साउन १२ गते ००:०० | Jul 27, 2016
शंकर र अम्बे समूहले रिद्धि सिद्धि सिमेन्ट उद्योग स्थापना गर्ने, १० बैंकको लगानी, २००० टन उत्पादन
काठमाडौं । शंकर ग्रुप तथा अम्बे समूहले ६ अर्ब रुपैयाँ भन्दा बढीको लगानीमा नयाँ सिमेन्ट उद्योग स्थापना गर्ने भएका छन् । यी दुबै समूह यस अघि पनि निर्माण सामग्रीको उत्पादनमा संलग्न भइसकेका छन् । दुबै समूह नेपालको स्टील उद्योगमा परिचित ब्राण्ड हुन।  
 
यी दुई समूहले रिद्धि सिद्धि सिमेन्ट उद्योग स्थापना गर्न लागेका हुन् । हालसम्मकै ठूलो पुँजीमा उद्योग स्थापना गर्न लागिएको जानकारी यी समूहले दिएका छन् । कूल ६ अर्ब ११ करोड रुपैयाँको लगानीमा उद्योग स्थापना गर्न लागिएको हो । स्वदेशी लगानीमा स्थापना गर्न यो उद्योग सबैभन्दा ठूलो हो । 
यो योजनामा प्रवद्र्धकहरुले एक अर्ब २६ करोड रुपैयाँ लगानी गर्नेछन् भने बाँकी रकम बैंकहरुले कर्जा लगानी गर्छन् । मकवानपुरको हेटौडामा उद्योग स्थापना गर्न लागिएको हो । उद्योगको उत्पादन क्षमता दैनिक दुई हजार मेट्रिक टन सिमेन्ट हुनेछ । त्यस्तै दैनिक दुई हजार दुई सय मेट्रिक टन क्लिंकर पनि उत्पादन हुनेछ । 
 
यो उद्योग स्थापनाका लागि बुधबार ऋण लगानी संझौता भएको छ । एनएमबी बैंकको अगुवाईमा अन्य नौ वटा बैंकहरुले कर्जा लगानी गर्ने जानकारी दिइएको छ । यी १० वटा बैंकले कुल चार अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गर्ने संझौता भएको छ। एनएमबी बैंक पछि हिमालयन बैंकले बढी लगानी गर्ने छ । ऋण लगानी गर्ने अन्य बैंकमा नेपाल बैक, नेपाल एसबिआई बैक, सेन्चुरी कमर्सियल बैक,  लक्ष्मी बैक, सिभिल बैक, माछापुच्छ«े बैक, प्रभू बैक तथा सोसाईटि डेभलपमेन्ट बैकहरुको समेत रहने छन् ।
 
 
शंकर समूहको निर्माण सामग्री उत्पानमा निकै लामो अनुभव छ । यसको जगदम्बा स्टीलले प्रमुख ब्राण्ड हो । त्यस्तै अम्बे समूहको अम्बे स्टील पनि नेपालमा चर्चित छ । 
 
शंकर समूहले केही वर्षयता लगानीलाई विविधीकरण गर्दै आएको छ । यो समूहले राजधानीमा पाँच तारे होटल पनि निर्माण गरिरहेको छ । होटलबाट शंकर समूह हस्पिटालिटी विजनेशमा प्रवेश गर्दैछ ।

Tata
GBIME
Nepal Life