वीरगञ्जका उद्योगी मोहित घलान पक्राउ, लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीको आशंका

बिजमाण्डू
२०७३ साउन १२ गते ००:०० | Jul 27, 2016
वीरगञ्ज । नेपाल प्रहरीको लागुऔषध अनुसन्धान व्यूरो काठमाडौको टोलीले बाराबाट एक उद्योगीलाई पक्राउ गरेको छ । 
 
प्रहरीले बाराको गढिमाई नगरपालिका,जीतपुरमा रहेको आर्या फर्मास्यूटिकल्स प्रालिका सञ्चालक शंकर घलानको छोरा मोहित घलानलाई पक्राउ गरेको हो ।
 
घलान वीरगञ्जका उद्योगी हुन् । उनलाई जीतपुरको गढिमाई मन्दिर निजकै रहेको उद्योगबाट बुधबार दिउँसो साढे दुई बजे व्यूरोको टोली पक्राउ गरेको हो । पक्राउ परेका हलानलाई बुधबार नै  काठमाडौ लगेको बारा प्रहरीले जनाएको छ ।
 
अवैध लागुऔषध कारोबारमा संलग्नताको अशंकाका प्रहरीले हिरासतमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । प्रहरीले सादा पोसाकमा उनलाई नियन्त्रणमा लगेको केही समयमा उद्योगीको छोरा अपहरण भएको हल्ला चलेको थियो । तर उनलाई लागु औषध कारोबारको आशंकामा पक्राउ गरेको जानकारी प्रहरीले दिएको छ ।
 

Tata
GBIME
Nepal Life