नेपाल बैंकमा ८१ जनालाई जागिर खुल्यो, सहायक पदमा ६३ जना माग, स्नातक उत्तिर्णले आवेदन दिन पाउने

बिजमाण्डू
२०७३ साउन १३ गते ००:०० | Jul 28, 2016
नेपाल बैंकमा ८१ जनालाई जागिर खुल्यो, सहायक पदमा ६३ जना माग, स्नातक उत्तिर्णले आवेदन दिन पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेडमा ८१ जनाका लागि जागिर खुलेको छ । लोक सेवा आयोगसँग स्वीकृति लिएर नेपाल बैंकले उपप्रबन्धक १ जनासहित ८१ जनाका लागि जागिर खोलेको हो ।
 
बैंकले उपप्रबन्धकमा कानुनमा स्नातकोत्तर गरेकाका लागि खुलातर्फ एक जनाका लागि जागिर खोलेको छ । सहायक प्रबन्धकमा ६ जनाका लागि जागिर खोलेको छ । यो जागिर सुचना प्रविध विभागका लागि खोलेको हो ।
 
सुचना प्रविधि विभागमै ११ जनाका लागि जागिर खोलेको छ । वरिष्ठ सहायक पदमा बैंकले यो जागिर खोलेको हो ।
 
व्यवस्थापन र अर्थशास्त्रमा स्नातक उत्तिर्ण गरेकाहरुकाका लागि सहायक पदमा ६३ जनाका लागि जागिर माग गरेको छ । लिखित र अन्तर्वार्ता परीक्षाबाट कर्मचारी छान्न लागेको बैंकको जागिर स्थायि प्रकृतिको हुने छ । दरखास्त फारम बै्कको वेवसाइटबाट डाउनलोड गरेर भर्न सकिन्छ । तर यसका लागि पछि १०० रुपैयाँ अतिरिक्त भुक्तानी गर्नु पर्ने हुन्छ । यसवाहेक परीक्षा शुल्कसमेत लाग्ने छ ।
 
जागिरको आवेदन १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालयमा वुझाउनु पर्ने हुन्छ । कार्यस्थल नतोकि खोलिएको आवेदनमा बैंकले खटाएको स्थानमा जानु पर्ने उल्लेख छ ।

Tata
GBIME
Nepal Life