जसको डिजाइनबाट तयार भयो नरेन्द्र मोदीको ‘हिट स्किम’, सर्वसाधारणले सजिलै बुझ्छन् भन्न खोजेको के?

बिजमाण्डू
२०७३ साउन १३ गते ००:०० | Jul 28, 2016
जसको डिजाइनबाट तयार भयो नरेन्द्र मोदीको ‘हिट स्किम’, सर्वसाधारणले सजिलै बुझ्छन् भन्न खोजेको के?
न्युदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी 'पपुलर' राजनेता हुन् । उनी प्रधानमन्त्री भएर आएपछि ल्याएका स्किमहरु पनि निकै पपुलर भएका छन् । मोदिले ल्याएका स्किमहरुलाई माझेर जनतासम्म पुर्‍याउने काम कसले गर्‍यो तपाईलाई थाहा छ ?

Tata
GBIME
Nepal Life

 
प्रधानमन्त्री जनधन योजना
सबै भारतीयहरुको बैंक खाता होस् भनेर यो स्किम ल्याइएको हो । यो स्किमको लोगो र नारा बनाउने काम प्रिया शर्माले गरेकी हुन् । उनलाई यसका लागि २५ हजार रुपैयाँ नगद दिएर सम्मान पनि गरिएको छ । यो योजना अन्तर्गत अहिलेसम्म २२ करोड खाता खोलिसकिएको छ । यि खातामा सर्वसाधारणले ४० हजार करोड भारु जम्मा भइसकेको छ । यी खाताको माध्यमबाट सरकारले सर्वसाधारणलाई दिने सुविधा तथा सहुलियतहरु उपलब्ध गराउने योजना छ ।

 
डिजिटल इन्डिया
प्रधानमन्त्री भइसकेपछि मोदिले ल्याएको अर्को स्किम हो डिजिटल इन्डिया । यसको डिजाइन राणा भौमिकले गरेका हुन् । यसका लागि पुरस्कार दिँदै मोदिले उनलाई भनेका थिए- यु  टेक इट फरवार्ड म्यान । भौमिक ग्राफिक डिजाइनर हुन् । उनी अहिले दिल्लीको एक मोवाइल कम्पनीमा काम गर्छन् । भारतलाई डिजिटलाइज्ड गर्ने उद्देश्यले मोदिले यो कार्यक्रम ल्याएका हुन् । यो स्किम अन्तर्गत सन् २०१९ सम्म साढे दुई लाख गाउँलाई इन्टरनेटसँग जोड्ने मोदिको योजना छ ।

 
स्वच्छ भारत
स्वच्छ भारत अर्को योजना हो नरेन्द्र मोदिको  । यो सपनालाई जनजनसम्म पुर्‍याउने र वुझाउने कामको सुरुवात लोगो डिजाइन गरेर अनन्त खासबरदारले गरेका हुन् । यसका लागि उनलाई ५० हजार भारु पनि दिइएको थियो । यो योजना अन्तर्गत मोदी देशभरी नै शौचालय बनाउने योजनामा जुटेका छन् । यो लोगोले फोहोर नपार्न सर्वसधारणलाई अपिल गरेको छ ।