नेपाल टेलिकम र मौसम विज्ञान विभागबीच सम्झौंता, विपद्का बारेमा एसएमएसमार्फत जानकारी दिने

बिजमाण्डू
२०७३ साउन १३ गते ००:०० | Jul 28, 2016
नेपाल टेलिकम र मौसम विज्ञान विभागबीच सम्झौंता, विपद्का बारेमा एसएमएसमार्फत जानकारी दिने

काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् सम्बन्धी पूर्वसूचना एसएमएसमार्फत दिने सम्झौता भएको छ ।

सम्झौतापत्रमा  टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र जल तथा मौसम बिज्ञान विभागको तर्फबाट महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गरे ।सम्झौता अनुसार महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, बागमती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकहरुको मोबाइलमा विपद् सम्बन्धी पूर्व सूचना सम्प्रेषणको व्यवस्था मिलाइने छ ।

टेलिकमले सो क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको डाटा मौसम विज्ञान विभागलाई उपलब्ध गराउने सम्झौंतामा उल्लेख छ । विभागले ११५५ कोडको प्रयोग गरी विशेष गरी विपद् आउनु पूर्व प्रभावित क्षेत्रका बासिन्दाले प्राप्त गर्न सक्ने गरी समूहगत रुपमा बल्क एसएमएसमार्फत आवश्यक जानकारी पठाउने टेलिकमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

टेलिकमले यो सेवा निशुल्क दिनेछ । कार्यक्रममा आचार्यले विपद्को पूर्व जानकारी संप्रेषण गरी क्षति न्यूनिकरण गर्न सहयोग पुग्ने बताए । उनले मुलुकभर कम्पनीका ग्राहक छरिएर रहेकाले भविष्यमा अन्य क्षेत्रमा समेत सहकार्य गर्ने बताए ।मौसम विज्ञान विभागका महानिर्देशक शर्माले कम्पनीसँग भएको सम्झौतालाई विभागले दक्षतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता गरे । उनले प्राकृतिक विपद्को न्यूनीकरणका लागि दुवै संस्थाको संयुक्त दायित्व भएको बताउँदै भविष्यमा अन्य क्षेत्रमा समेत सहकार्य गर्न सकिने बताए ।

Tata
GBIME
Nepal Life