अन्तिम दिन बजार घट्यो, २३० करोड रुपैयाँको सेयर किनबेच, नेपाल बैंकको साढे २३ करोडको किनबेच

बिजमाण्डू
२०७३ साउन १३ गते ००:०० | Jul 28, 2016
अन्तिम दिन बजार घट्यो, २३० करोड रुपैयाँको सेयर किनबेच, नेपाल बैंकको साढे २३ करोडको किनबेच

Tata
GBIME
Nepal Life

काठमाडौं । साताभरी बढेको सेयर बजार अन्तिम कारोबार दिन भने घटेको छ । सुरुदेखि नै सुस्त रुपमा हिँडेको बजार ३.५२ अंकले घटेको छ ।
 
कारोबार रकम भने सवा दुई अर्ब रुपैयाँ नाघेको छ । दिनभरीमा १४७ कम्पनीको दुई अर्ब ३० करोड रुपैयाँको कारोबार भएको हो । सबैभन्दा  वढि नेपाल बैंकको २३ करोड ५० लाख रुपैयाँको किनबेच भएको छ । बैंकको तीन लाख ८८ हजार ३११ कित्ता सेयर किनबेच भएको हो ।
 
नेपाल बैंकपछि सिद्धार्थ बैंकको ११ करोड ५३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । साताभरी नै सिद्धार्थको उच्च कारोबार हुँदै आएको छ । बैंकको ८३ हजार ८१९ कित्ता सेयर किनबेच भएको छ ।
 
बिमा र फाइनान्स समूह थोरै बढेपनि बाँकी समूह रातो हुँदा समग्र बजार ओरालो लागेको हो । बिमा ३.६५ अंक र फाइनान्स चार अंकले बढेका छन् । बाणिज्य बैंक, विकास बैंक समूह घटेका छन् ।
 
किसान माइक्रो फाइनान्सको सेयरमा बढेर सक्रिट ब्रेकर लागेको छ । कम्पनीको सेयर मूल्य एकै दिन २४० रुपैयाँ प्रति कित्ता बढेको छ । गुडविल फाइनान्स, माउन्ट मकालु, कैलास विकास बैंक, देव विकास बैंक र ललितपुर फाइनान्सको सेयर मूल्य १० प्रतिशत हाराहारीले बढेको छ ।
 
१० प्रतिशत हाराहारीमा गुमाउनेमा वोटलर्स नेपाल तराइ र स्वरोजगार लघुवित्त प्रबर्धक छन् ।