नेपालका ओलम्पिक खेलाडीको स्र्पोटस किटको ग्लोबल आइएमईको प्रयोजन, सम्झौतामा हस्ताक्षर

बिजमाण्डू
२०७३ साउन १३ गते ००:०० | Jul 28, 2016
काठमाडौं । नेपालबाट ओलम्पिकमा सहभागिता जनाउने खेलाडीका लागि आवश्यक पर्ने जर्सि, ट्रयाक्सुट लगायतका खेल सामाग्री ग्लोबल आइएमई बैंकले प्रायोजन गरेको छ । 
प्रायोजन सम्बन्धि सम्झौतामा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटा तथा ओलम्पिक कमिटीको तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार बैंकले ओलम्पिकमा सहभागिता जनाउने राष्ट्रिय टिमका खेलाडी, प्रशिक्षक, टिम म्यानेजरलाई जर्सि, टिर्सट, क्याप, ट्रयाक्सुट तथा स्र्पोर्ट किट प्रायोजन गर्नेछ । 
ग्लोबल आइएमई बैंकले खेलकुदको माध्यमबाट नेपाललाई अन्तराष्ट्रिय स्तरमा परिचित गराउने खेलाडीलाई प्रोत्साहनस्वरुप प्रायोजन गरेको बैंकले जारी प्रेस विज्ञप्तिमा छ । 
 

Tata
GBIME
Nepal Life